फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

जादा बालुवा वन

(GMT+08:00) 2019-05-21 09:47:49

जादा जिल्लामा पर्ने जादा बालुवा वनको भौगोलिक रुप एउटा ठूलो आश्चर्यलाग्दो दृश्य हो। अग्ला होचा बालुवाका थुप्रोले बालुवा वनमा विभिन्न आकार दिएका छन् र दशौँ किलोमिटरसम्म फैलिएका छन्। यो विशेषतायुक्त भौगोलिक रुपलाई भूविज्ञानमा सरोवरको मुखाकृति भनिन्छ। दशौँ लाख वर्षअघि भूमिको परिवर्तन भएर यस्तो बनेको हो।

भनाइका अनुसार, लामो समयअघि जादा क्षेत्रमा एक समुद्र थियो जहाँ पानीबाहेक केही पनि थिएन। पछि विस्तारै समुद्रबाट बालुवा निस्केको थियो। यो सुन्दर किम्वदन्ती मात्रै होइन। त्यसको वैज्ञानिक आधार पनि छ। वैज्ञानिकले अनुसन्धान गरेअनुसार, पहिला जादा क्षेत्रमा पाँच सय वर्ग किलोमिटरको ताल थियो। हिमालयन ओराजनीबाट तालको बेसिन उकासियो र पानी कम हुँदै गयो। पानीको सतहभन्दा माथि निस्केको पर्वत चट्टान लामो समयसम्म हावा र पानीबाट नष्ट भएर अहिलेको आश्चर्यजनक् दृश्य बनेको छ।

1  2  3  
जानकारी तथा लेखहरु