फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#चिनारी# छिङ राजवंशमा प्रसिद्ध मुमा बडामहारानी छी सीको ऐतिहासिक कथा-2

(GMT+08:00) 2019-05-22 16:06:00

 

गत साता मैले मुमा बडामहारानी छी सीले छिङ राजवंशको शासन अधिकार आफ्नो हातमा लिएको चर्चा गरेकी थिएँ।

सन् 1872 मा मुमा बडामहारानी छी सीका छोरो अर्थात् थुङ च सम्राटको उमेर 17 वर्ष मात्र थियो। दुई जना मुमा बडामहारानीले युवा सम्राटका लागि रानी छानिदिएका थिए। चिनियाँ परम्परागत विचारमा विहेपछि युवा वयस्क हुने गर्दछ। त्यसैले दुईजना मुमा बडामहारानीले पर्दा रद्द गरेर शासन अधिकार युवा सम्राटलाई दिए। तर वास्तवमा थुङ च सम्राटले शासन गर्दा मुमा बडामहारानीबाट हस्तक्षेप भइरहन्थ्यो।

सन् 1875 मा युवा सम्राट थुङ चको मृत्यु भयो। मुमा बडामहारानी छी सीले श्रीमानको भाइको छोरो एवं आफ्नी बहिनीको छोरो चार वर्षे भतिजो छानेर सम्राटको पद दिइन्। ती बालक सम्राट क्वाङ स्यु सम्राट थिए। त्यसपछि दुईजना मुमा बडामहारानीले फेरि एकपटक भवनमा पर्दा लगाएर त्यसको पछाडि बसेर शासन गर्न थाले।

1  2  3  
जानकारी तथा लेखहरु