फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#अर्थ जगत#चीन र अमेरिकाबीचको व्यापारिक संघर्षमा चिनियाँ विश्वास

(GMT+08:00) 2019-05-23 10:36:40

चीनका लागि अमेरिकाले लिएको भन्सार करको झण्डा झन् बढी उकासिँदै गएको छ र चीनलाई आर्थिक तथा व्यापारिक छलफलमा अमेरिकाको अपरिहार्य आग्रह स्वीकार गर्न दबाव दिने लक्ष्य राखेको छ। धेरै चिनियाँ विशेषज्ञका अनुसार चीन र अमेरिकाबीचको व्यापारिक संघर्षले चीनको अर्थतन्त्रमा ल्याउने वास्तविक प्रभाव सीमित छ भने यस संघर्षप्रति चीनसँग विश्वास तथा शक्ति गहन रहेको छ।

गत वर्षदेखि अमेरिकाले केही चिनियाँ सामानका लागि भन्सार कर असुल्न थालेको छ जसबाट केही चिनियाँ व्यवसायमा केही प्रभाव पारेको देखिन्छ। हु पै प्रान्तको एक लिथियम ब्याट्रीको उत्पादन कम्पनी एक उदाहरण हो। यस व्यवसायका उप महाप्रबन्धक ल्यु छीका अनुसार अमेरिका यस कम्पनीको सबैभन्दा महत्वपूर्ण विदेशी बजार हो भने यस कम्पनीको कूल निर्यातमा 60 प्रतिशत ओगटेको छ। गत वर्ष अमेरिकाले भन्सार कर असु‌लेबाट यस कम्पनीको उत्पादन सञ्चालनमा केही बाधा पुगेको छ। तर यस कम्पनीले सम्बन्धी समाधान उपाय पनि पाएको छ। आफ्नो प्रतिस्पर्धा शक्तिलाई उकास्नुका साथै ठूलो परिमाण पूँजीले उत्पादित बस्तुको विकास तथा अनुसन्धानमा लगानी गरेर यस कम्पनीले अमेरिकाको वर्तमान भन्सार कर असुल्ने गतिविधिप्रति सम्पूर्ण विश्वास लिएको छ।

दिन प्रतिदिन जटिल बन्दै गएको विदेशी परिस्थिति उन्मुख झन झन बढी चिनियाँ विनिर्माण व्यवसायले केवल आफ्नो बैज्ञानिक प्रविधि र अनुसन्धान शक्तिलाई बलियो बनाउनुले वास्तविक रुपमा कठिनाई तथा बाधालाई पार गर्नसक्ने सिद्धान्त पत्ता लगाएका छन्। आर्थिक तथ्याङ्कबाट हेर्दा चीनको मध्य तथा उच्चस्तरीय विनिर्माण उद्योगले तीब्र गतिमा विकसित भैरहेको छ। चालू वर्षको जनवरीदेखि अप्रिल महिनासम्म उच्च प्राविधिक उद्योग सम्बन्धी लगानी अपेक्षाकृति द्रृत गतिमा बढ्दै आएको छ। उच्च प्राविधिक विनिर्माण र उच्च प्राविधिक सेवा व्यवसाय सम्बन्धी लगानी क्रमशः 11.4 र 15.5प्रतिशतले बढेको छ।

चीनको राष्ट्रिय विकास तथा सुधार समितिअन्तर्गत समष्टिगत अर्थतन्त्र अनुसन्धा प्रतिष्ठानका कार्यकारी उपाध्यक्ष वाङ्ग छाङ्ग लिनको विचारमा चीन र अमेरिकाबीचको व्यापारिक संघर्षले चीनको अर्थतन्त्रका लागि सिर्जना गरेको प्रभाव बाहिरी विचारभन्दा सानो छ। चीनको विकासको विशाल संचिति शक्ति र प्रवर्द्धन शक्ति नै यसको मुख्य कारण हो। चीनले आफ्नो संस्थागत श्रेष्ठता र ठूलो आर्थिक मात्रा र शक्तिशाली भित्री माग भन्ने श्रेष्ठताले प्रभावकारी रुपमा केही विदेशी चुनौतिको प्रतिरोध गर्नसक्छ।

चीनसँग विश्वमा सबैभन्दा ठूलो मध्य आय जन समूह रहेको छ। साथै चीनसँग लगभग एक अर्ब चालीस करोड जनसंख्यासहित ठूलो बजार मात्र नभइ विश्वमा सबैभन्दा पूर्ण औद्योगिक प्रणाली र क्रमशःबढ्दै गएको बैज्ञानिक अभिनव क्षमता रहेको छ। सन्2018 को तथ्याङ्कअनुसार चीनको उपभोग्य बजारको कूल उपभोग मात्रा अमरिकाभन्दा बढी देखिन्छ। चीन विश्वको सबैभन्दा ठूलो उपभोग्य बजार बनेको छ।

अमेरिकाबाट आएको झन झन बढी दबावप्रति चीनको राष्ट्रिय सूचना केन्द्रको अर्थतन्त्र पूर्वानुमान विभागका उपप्रमुख वाङ्ग युआन हुङ्गको विचारमा अमेरिकाको उक्त गतिविधिले छोटो समयमा चीनको आर्थिक विकासमा केही प्रभाव ल्याउने छ तरपनि दीर्घकालीन समयबाट हेर्दा यस विदेशी दबावले पनि चीनको विभिन्न सुधार तथा खुलापन प्रगतिलाई प्रवर्द्धन गर्ने छ।

जानकारी तथा लेखहरु