फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#आँखीझ्याल# फलफूल मालिक एवं जन्मथलोका वासिन्दाको समृद्धिका लागि नेतृत्व गर्ने दाजु

(GMT+08:00) 2019-05-24 14:51:17

छोङ छिङ नगरपालिकाको खाइ चौ क्षेत्र आन चिंग गाउँका वासिन्दा वन थाइ शङले सन् 1990मा उच्च माध्यमिक विद्यालयबाट स्नातक भएपछि सिन्च्याङ र शांगहाईमा रोजगार पाउनुभएको थियो। सन् 2000 उहाँ स्वरोजगारका लागि जन्मथलो फर्कनुभयो। उहाँले जन्मथलोको 150 हेक्टर जमीनमा फलफूलका रुख रोप्नुभयो, स्थानीय वासिन्दालाई तीन सय वटा रोजगारीका अवसर उपलब्ध गराउनुभयो। उहाँलाई खाइ चौ क्षेत्रको सामाजिक गरिबी निवारणका मोडेलको उपाधिले मूल्यांकन गरियो। उहाँ जन्मथलोका वासिन्दाहरूलाई धनी बनाउन नेतृत्व गर्ने दाजु हुनुहुन्छ।

वन थाइ शङले भविष्यप्रति आशावादी भावना राख्नुहुन्छ। सन् 2000 उहाँले 0.753 हेक्टर जमीन भाडामा लिई फलफूल रुख रोप्न थाल्नुभएको थियो। तीन वर्षको प्रयासपछि उहाँको फलफूल बगैंचा शुरुको 0.67हेक्टरबाट बढेर 6.67 हेक्टर पुगेको थियो। सन् 2013 उहाँले याङ क्वान गाउँ र स्याउ च्याङ गाउँका किसानबाट 53.33 हेक्टर जमीन संचालन अधिकार पाउनुभएको थियो। सन् 2015 उहाँले चु सी बस्तीको ता हाई गाउँका किसानबाट 86.67 हेक्टर जमीन संचालन अधिकार पाई सुन्तला रोप्न थाल्नुभएको थियो। उहाँका अनुसार, फलफूल बगैंचाको परिमाण विस्तार हुनुका साथै बगैंचाको उत्पादन मात्रामा पनि क्रमशःवृद्धि भएको छ। उहाँले भन्नुभयो "हाम्रो हरेक वर्षको उत्पादन मात्रा करीब एक करोड चिनियाँ युआनभन्दा बढी छ, हालसम्म घाटाको अवस्थामा रहेको छ। हाम्रो मुख्य खर्च तीस लाख चिनियाँ युआन जमीनको प्रयोग शुल्क, मजदूरको दश लाख चिनियाँ युआन तलबबाट आएको छ। हाल हाम्रा एक सय जनाभन्दा बढी मजदूर छन्। सन् 2022 मा उत्पादन मात्रा दुई करोड चिनियाँ युआनभन्दा बढी हुने र नाफा कम्तीमा 40 प्रतिशत हुने अनुमान गरिएको छ।"

वन थाइ शङले आफू धनी बनाउनुका साथै फलफूल बगैंचा वरिपरिका वासिन्दालाई समृद्धिको बाटोतर्फ लम्कन नेतृत्व गर्नुभएको छ। वरिपरिका तीन वटा गाउँका दुई सय जना वासिन्दाले फलफूल बगैंचामा रोजगारी पाएका छन्। तीमध्ये तीस जना गरिबीबाट मुक्त भए। वन थाइ शङले भन्नुभयो "यो फलफूल बगैंचामा काम गर्ने एक सय जनामध्ये तेइस जना गरीब परिवारमा सूचीकृत भएका छन्। हरेकले एक वर्षमा करीब दश हजार चिनियाँ युआन कमाउन सक्छ।"

वासिन्दा चौ च क्वाङ र उनकी श्रीमतीले सन् 2015देखि वन थाइ शङको फलफूल बगैंचामा काम गर्न थालेका थिए। चौ च क्वाङले भने "फलफूल बगैंचामा मेरो आम्दानी एक वर्षमा दश हजार चिनियाँ युआन बराबर छ। यहाँ काम गरेपछि मलाई पैसाको अभाव छैन। मालिकबाट रोजगारी नपाएको खण्डमा बाहिर जान सुविधाजनक छैन। यहाँ काम गर्नुका साथै मैले पनि बच्चाको हेरचाह गर्नसक्छु। मालिकले यहाँ फलफूल बगैंचाको व्यापार गर्नुभएको कुराले स्थानीय वासिन्दालाई फाइदा उपलब्ध गराएको छ। प्रौढले यहाँ रोजगार पाउनसक्छन्। गाउँको सडक, सडक बत्ति मालिक यहाँ आउनुभएपछि ल्याइएका हुन्।"

वन थाइ शङले रोप्नुहुने सुन्तला र नासपाती चिनियाँ हरियो खद्य-पदार्थ विकास केन्द्रद्वारा हरियो खाद्य-पदार्थको उपाधि वितरण गरिएका छन्। फलफूल बगैंचाको राम्रोसँग विकास हुनुका साथै अझै धेरै स्थानीय वासिन्दाहरूले समृद्धिको बाटोतर्फ लम्कने छन्।

जानकारी तथा लेखहरु