फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पश्चिमी चिकित्सकबाट चिनियाँ परम्परागत चिकित्सक बनेकोमा आफूलाई अफसोस नलागेको इरानका चिनियाँ चिकित्सक अमिर हुमानको भनाई

(GMT+08:00) 2019-05-27 14:58:44

एशिया सभ्यता सम्झौता-वार्ता सम्मेलन भर्खरै सम्पन्न भएको छ। इरानका चिकित्सक अमिर हुमान काजेमी सो वार्ता सम्मेलनमा सहभागी भएका छन्। उनले आठ वर्षसम्म पश्चिमी चिकित्सा विधिको अध्ययनपछि चिनियाँ परम्परागत चिकित्सा विधि पढेका थिए। त्यसपछि उनले उत्कृष्ठ एक्यूपंक्चर प्रबिधिमार्फत विरामीहरुको मन जितेको छ। उनले हाम्रा पत्रकारसँगको कुराकानीमा पश्चिमी चिकित्साबाट चिनियाँ परम्परागत चिकित्सामा आफूलाई परिवर्तन गरेकोमा कहिल्यै अफसोस नलागेको व्यक्त गरे। एक्यूपंक्चर उपचारमा आफ्नो निरन्तर प्रगति गरेर अरु बढी विरामीहरुलाई सघाउनसक्ने आशा पनि उनले लिए।

अमिर हुमानले सन् २००२मा इरानको लुरिस्तान प्रान्तको चिकित्सा इन्स्टिट्यूटबाट पश्चिमी चिकित्सामा डाक्टरको डिग्री प्राप्त गरेका थिए। सन् २००५मा उनले पैचिङ चिनियाँ परम्परागत चिकित्सा विधि विश्व विद्यालयमा चिनियाँ परम्परागत चिकित्सा पढ्न थालेका थिए। सन् २०१०मा अमिर हुमान एक्यूपंक्चर विद्यामा डाक्टर डिग्री प्राप्त गरेका थिए र एक्यूपंक्चर विद्यामा डाक्टर डिग्री हासिल गर्ने पहिलो विदेशी बनेका थिए। हाल अमिर हुमान तेहरान चिकित्सा विश्व विद्यालय तथा पैचिङ चिनियाँ परम्परागत चिकित्सा विधि विश्व विद्यालयमा एक्यूपंक्चर विषय पढाउँदै छन्। त्यसका अतिरिक्त, उनी तेहरान चिकित्सा विश्व विद्यालय अन्तर्गत परम्परागत चिकित्सा क्लिनिकमा एक्यूपंक्चर प्रबिधिमार्फत इरानका विरामीहरुको उपचार गर्ने गर्छन्।

पश्चिमी चिकित्सामा डाक्टर डिग्री हासिल गरेपछि चिनियाँ चिकित्साको सिद्धान्त तथा एक्यूपंक्चर प्रबिधिको अध्ययनबारे चर्चा गर्दै आफूले रोगको उपचार गर्ने नयाँ तरिका सिक्नखोजेको र हालको दृष्टिकोणबाट हेर्दा त्यस बेलामा आफूनो निर्णय उचित रहेको ठहर अमिर हुमानले गरेका छन्। उनी भन्छन्,

नयाँ तरिका सिक्नुमार्फत अरु बढी रोगीहरुलाई मद्दत गर्नसक्ने ठहर मैले गरें। त्यसैले मैले चिनियाँ परम्परागत चिकित्सा सिक्ने विचार गरें। तथापि शुरुमा मलाई अप्ठयारो लाग्यो। किनभने पश्चिमी चिकित्सा तथा चिनियाँ चिकित्साको सिद्धान्त फरक छ। र शुरुमा चिनियाँ चिकित्साप्रति विश्वास थिएन। पछि म अस्पताल गएर चिनियाँ चिकित्सा प्रभावकारी रहेको देखें र मैले त्यसको निरन्तर रुपमा पढें। केही वर्षपछि चिनियाँ चिकित्साबाट मेरा अधिकांश विरामीहरुलाई राम्रो भएको मैले देखें। त्यसैले मेरो छनौट ठीक छ।

हाल शुक्रबार बाहेक अमिर हुमान निकै व्यस्त हुन्छन्। विहान उनी विश्वविद्यालयमा इरानका विद्यार्थीहरुलाई चिनियाँ परम्परागत चिकित्सा विधिको सिद्धान्तबारे पढाउँछन् र दिउँसो ४ बजेदेखि रातिसम्म हरेक दिन ७०देखि १००जना विरामीहरुको सेवा गर्छन्। उनका अनुसार, विरामीहरु इरानका विभिन्न ठाउँहरुबाट आउँछन्। केही विरामीहरु शुरुमा एक्यूपंक्चर देखेर डराएका थिए तथापि एक्यूपंक्चर प्रभावकारी रहेकोले उनीहरुले क्रमश:यस्तै चिनियाँ परम्परागत चिकित्सा तरिकालाई स्वीकार गरेका छन्।

अमिर हुमान आफ्नो पेशालाई मन पराउँछन्।तथापि आठ वर्षसम्म पश्चिमी चिकित्साको अध्ययन र डाक्टर डिग्री पाएपछि चिनियाँ चिकित्साको एक्यूपंक्चरबाट उपचार गर्ने कुराको अरु चिकित्सक आलोचना गर्छन्। यसबारे चर्चा गर्दै उनले आफूलाई कहिल्यै पनि पछुतो नलागेको व्यक्त गरेका छन्।

अमिर हुमान विश्व एक्यूपंक्चर सँघका उपाध्यक्ष पनि हुन्। एशिया सभ्यता सम्झौता-वार्ता सम्मेलनको अवधिमा अमिर हुमानले चिनियाँ परम्परागत चिकित्सा विधि र चिनियाँ संस्कृति बीचको सम्बन्ध,विश्वमा चिनियाँ परम्परागत चिकित्साको विकासबारे विश्वका चिकित्सकहरुसँग बैचारिक आदान-प्रदान गरेका छन्। उनी भन्छन्,

चिनियाँ परम्परागत चिकित्सा विधि र चिनियाँ संस्कृति बीचको घनिष्ठ सम्बन्ध छ। तिनीहरुलाई विभाजन गर्नुहुँदैन। म प्रतिदिन एक्यूपंक्चर सिक्दै छु,जसबाट मैले अरु बढी विरामीहरुको उपचार गर्नसक्छु।

जानकारी तथा लेखहरु