फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चारिनामछो ताल

(GMT+08:00) 2019-06-25 15:31:48

चारिनामछो ताल आलि क्षेत्रको चाछिन जिल्लाको उत्तर-पूर्वमा पर्छ। उत्तरी तिब्बती पठारको कैलाश श्रृंखला पर्वतबीचमा पर्ने चारिनामछो तालको क्षेत्रफल एक हजार तेइस किलोमिटर छ र यो आलि क्षेत्रको सबभन्दा ठूलो ताल हो साथै तिब्बत स्वायत्त प्रदेशको तेस्रो ठूलो ताल पनि हो। यसलाई तारछो ताल वा तरिनामछो पनि भनिन्छ।

चारिनामछो ताल समुद्र सतहदेखि ४६१३ मिटरको उचाइमा छ। यसको पूर्वदेखि पश्चिमसम्मको लम्बाइ चौवन्न किलोमिटर छ भने दक्षिणदेखि उत्तरसम्म बीस किलोमिटर चौडाइ छ। साथै छ मिटर गहिरो चारिनामछो ताल प्रसिद्ध राष्ट्रिय सिमसार पनि हो। तालका चारैतिर हरिया घाँस देख्नसकिन्छ र यो प्राकृतिक पशुपालन क्षेत्र पनि हो। चारिनामछो ताल छेउको घाँसे मैदानमा मूल्यवान् बैजनी काश्मिर खसी धेरै देख्नसकिन्छ साथै तिब्बती हरिण, जंगली गधालगायत जंगली जनावर पनि कहिलेकाहीँ देखिन्छ।

1  2  
जानकारी तथा लेखहरु