फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#चिनारी# प्रजातन्त्र र नयाँ जीवन-2

(GMT+08:00) 2019-06-26 14:37:29

सन् १९१२ जनवरी १ तारिखका दिन गणतन्त्र चीनको अस्थायी सरकार औपचारिक रूपमा स्थापना भएको थियो। त्यपछिका तीन महिनामा मात्रै अस्थायी सरकारले अनेकन सुधार कानुन सार्वजनिक गरेको थियो। राजनीतिमा अस्थायी सरकारले गणतन्त्र चीनको अस्थायी संविधन सार्वजनिक गरेको थियो। यो कानुन चीनको प्रथम बुर्जुवा प्रजातान्त्रिक संविधान थियो। उक्त संविधान अनुसार, गणतन्त्र चीनको सार्वभौमिक्ता पूरै सर्वसाधारणमा रहेको र शासन शक्तिको विभाजन प्रणाली सञ्चालन गरेको थियो। गणतन्त्र चीनका पूरै नागरिक समान हुँदै नागरिकसँग निर्वाचनलगायत राजनीतिक अधिकार तथा फाइदा र बसाइ, धर्म, भेला, प्रकाशनलगायत स्वतन्त्रता रहेको थियो। अर्थतन्त्रमा उद्योग तथा वाणिज्यको सुरक्षा, छिङ राजवंशको शुल्क-कर रद्द, कृषिको विकासमा प्रोत्साहन, विदेशमा बसोबास भएका चिनियाँ मूलका विदेशीहरूलाई चीनमा लगानी गर्न प्रोत्साहन गर्ने लगायतका थिए। संस्कृति तथा शिक्षामा स्वतन्त्र, समान तथा माया भन्ने नैतिक शिक्षा, छिङ सरकारद्वारा प्रकाशित पाठपुस्तकको खारेजी, पुरूष र महिला मिलेर विद्यालयको विकास र महिला विद्यालयको प्रोत्साहन जस्ता कुरालाई पनि जोड दिएको थियो। अस्थायी सरकारका ती कदमले प्रजातान्त्रिक राजनीतिको सुरक्षा गर्नुका साथै अर्थतन्त्रको विकास गरेको थियो। तर त्यसले साम्राज्यवाद विरोधी कार्यक्रम प्रस्तुत नगर्नुका साथै सामन्तवादी भूमि स्वामित्वलाई पनि रद्द गरेको थिएन।

साम्राज्यवादको समर्थनमा युआन श खाईले सशस्त्र धम्की र राजनीतिक धोखाधडीद्वारा क्रान्तिका पक्षलाई शासन अधिकार हस्तान्तरण गर्न लगाएका थिए।

1  2  3  
जानकारी तथा लेखहरु