फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#आँखीझ्याल# चीनको सिन्च्याङको आ ला अरमा सपना पूरा गर्न प्रयासरत् मानिसहरू

(GMT+08:00) 2019-07-19 10:38:21

सिन्च्याङको आ ला अर शहरलाई मरुभूमिबाट सबैभन्दा नजिकैको शहर मानिन्छ। आ ला अर शहरको जन सरकार सन् २००४ मा स्थापित भएको थियो। हाल यो पहिलाको बालुवा फैलिएको ठाउँबाट परिवर्तन भएर हरियो रुखबाट ढाकिएको शहर बनेको छ। यहाँ सांस्कृतिक भवन, पुस्तकालय, रंगशाला निर्माण गरिएका छन्। धेरै वर्षदेखि चीनको विभिन्न क्षेत्रबाट आएका मानिसहरूले नयाँ शहरको निर्माणका लागि योगदान दिएका छन्।""

साठी वर्षअघि सिन्च्याङको पूर्वाधार सुधारका साथै नयाँ शहरको निर्माण गर्न धेरै मुक्ति सेनाहरूले प्रयास गरेका थिए। उनीहरूले थालिमू मरुभूमिलाई उब्जनी हुने जमीनमा परिणत गरेका थिए र कपास रोपेका थिए। याङ स्ये वैका हजुरबुबा त्यस समयमा आ ला अरको निर्माणमा समर्थन दिन अरु क्षेत्रबाट आएका हुन्। त्यस बेला याङ स्यै वैको जन्म भइसकेको थिएन। उनका हजुरबुबाले याङ स्ये वैका बुबा याङ व्हा र परिवारका अरु सदस्यहरूलाई लिएर राम्रो भौतिक अवस्थाको नान चिंग शहर छोडेर सिन्च्याङको आ ला अर आएका थिए। ती वर्षहरूको परिवर्तनको सिँहावलोकन गर्दै याङ व्हा भन्छन् "त्यस बेलामा यहाँ एउटा शहर बन्न चाहिने मापदण्ड अनुसार केही पनि थिएन। आधारभूत अवस्था एकदमै कमजोर थियो। चीनको कुनै प्रान्त या प्रदेशभित्रको एउटा गाउँ बराबर पनि थिएन। चौध वर्षको विकासपछि हाल आ ला अर सिन्च्याङको दक्षिणी भागको भौगोलिक केन्द्र बन्ने लक्ष्य अनुसार प्रारम्भिक चरणमा पुगेको छ।"

1  2  3  
जानकारी तथा लेखहरु