फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

शाङहाई टेलिभिजन महोत्सव चीन र विदेशका टेलिभिजन सम्बन्धी सहयोगका लागि आदान-प्रदान चौतारो

(GMT+08:00) 2019-07-29 15:40:55

गत जुन महिनामा आयोजित २५औं शाङहाई टेलिभिजन महोत्सवमा विदेशका धेरै चलचित्र तथा टेलिभिजन कम्पनीले भाग लिएका थिए। दर्जनौं विदेशी उत्कृष्ठ टेलिभिजन रचनाले म्याग्नोलिया पुरस्कारको प्रतिस्पर्धाका लागि दर्ता गरेका थिए। विदेशी चलचित्र तथा टेलिमिजनकर्मीहरुले टेलिभिजन मञ्चमा चीनका सहकर्मीहरुसँग व्यापक वैचारिक आदान-प्रदान गरेका थिए। शाङहाई टेलिभिजन महोत्सव चीन र विदेशका टेलिभिजन सम्बन्धी सहयोगको आदान-प्रदान चौतारो बनिसकेको छ।

तपाईं अहिले थाइल्याण्डको टिभी श्रृंखला "हतारमा भएको त्यो वर्ष"को आवाज सुन्दै हुनुहुन्छ। सो टिभी श्रृंखला हिजोआज चीन,थाइल्याण्ड,मलेशिया,सिंगापुर लगायतका मुलुक तथा क्षेत्रको भिडियो वेबसाइटमा प्रसारण गरिंदै छ। चीनको साहित्यकार च्यु ये हैको उपन्यासबाट सम्पादन गरिएको सो टिभी श्रृंखलामा पाँच जना केटा र पाँच जना केटीको जीवन क्रम बयान गरिएको छ। चिनियाँ कृतिलाई विदेशमा टिभी श्रृंखला बनाइएको यो पहिलो पटक हो। चिनियाँ कथालाई विदेशीले अपनाउनुबाट अन्तर्देशिय सांस्कृतिक आदान-प्रदानको नयाँ ढंग सुरू भएको छ।

1  2  3  
जानकारी तथा लेखहरु