फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

स्थिर रुपमा विकसित हुँदै चीनको अर्थतन्त्र झन् सशक्त

(GMT+08:00) 2019-08-01 10:31:04

चीनको राष्ट्रिय तथ्याङ्क ब्युरोले जुलाई १५ तारिख सूचना सार्वजनिक गर्दै यस वर्षको पूर्वार्द्धमा चीनको कूल गार्हस्थ्य उत्पादन मात्रा झण्डै ४ सय ५० खर्ब ९० अर्ब चिनियाँ युआन पुगेको र अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६.३ प्रतिशतले बृद्धि भएको जनाएको छ। विश्व अर्थतन्त्रको सामु एकपक्षीयतावाद र संरक्षणवाद चर्कंदै आएको पृष्ठभूमिमा चीनको अर्थतन्त्रले समष्टिगत रुपमा स्थिर भएर विकसित हुने प्रवृत्तिलाई कायम राख्दै आएको देखिन्छ। के भन्नसकिन्छ भने आर्थिक बृद्धि झन् सशक्त हुँदैछ। गत वर्षदेखि बाह्य जगतका अस्थिर र अनिश्चित तत्वहरू बढ्दै गएकाले चीनको अर्थतन्त्र तल झर्ने दबाव पनि ठूलो बन्दै आएको छ। तैपनि रोजगार, मालसामानको बजारभाउ र आय लगायतका मुख्य समष्टिगत आर्थिक सूची पनि उचित परिधिमा स्थिर रुपमा चलिरहेको देखिन्छ।

ती मुख्य समष्टिगत आर्थिक सूचि स्थिर रुपमा चलिरहेकाले चीनका लागि वर्षभरिको आर्थिक बृद्धि लक्ष्यलाई साकार तुल्याउन राम्रो जग पनि बसालेको छ। हालसम्म धेरै मुलुकहरूले यस वर्षको पूर्वार्द्धमा आफ्नो आर्थिक तथ्याङ्कलाई सार्वजनिक नगरे तापनि अन्तर्राष्ट्रिय संगठनको सम्बद्ध अनुमान बमोजिम यस वर्षको पूर्वार्द्धमा चीनको ६.३ प्रतिशतको बृद्धिदरले सारा विश्वका मुख्य आर्थिक समुदायमध्ये अघिल्लो पङ्क्तिमा रहनेछ। हाल चीनले विश्व आर्थिक बृद्धिका लागि गरेको योगदान ३० प्रतिशत पुगेको छ। आगामी दिनहरूमा चीन यथावत् रुपमा विश्व आर्थिक बृद्धि हुने सशक्त इन्जिन हुँदै जानेछ।

अर्को महत्वपूर्ण कुरा के छ भने यस वर्षको पूर्वार्द्धमा चीनको आर्थिक बनौटमा निरन्तर रुपमा सुधार हुने स्पष्ट विशेषता देखा परेको देखिन्छ। अधिकांश तथ्यकुराबाट के स्पष्टसँग प्रष्ट छ भने चीनको आर्थिक बृद्धिको शक्ति झन् सशक्त हुँदैछ। निकै जटिल र बदलिँदो अन्तर्राष्ट्रिय वातावरणमा चीनको अर्थतन्त्र निरन्तर रुपमा उच्च गुणस्तरतिर विकसित हुँदै जानेछ। जुन चीन सरकार तथा उद्योग-व्यवसायको साझा प्रयाससँग घनिष्ट सम्बन्ध रहेको छ। किनकि चीन सरकारले सक्रिय बैकिङ नीति र स्थिर मुद्रा नीति अपनाएर कर र खर्चलाई घटाउने लगायतका विविध कदम चाली चीनको अर्थतन्त्रको प्रचलनलाई उचित परिधिमा कायम राख्दै आएको छ। यस वर्ष नयाँ चीनको स्थापनाको ७० औँ वार्षिकोत्सव हुनुका साथै चिनियाँ कम्युनिष्ट पार्टीले सम्पूर्ण रुपमा सम्पन्न समाजको निर्माण गर्ने महत्वपूर्ण वर्ष पनि हो। यस्तो अवस्थामा यस वर्षको पूर्वार्धमा चीनले अर्थतन्त्रको यस्तो तथ्याङ्कलाई विश्वसामु देखाउँदा ज्यादै असहज कुरा रहेको छ।

जानकारी तथा लेखहरु