फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन-नेपाल दौत्य सम्बन्ध स्थापनाको ६४औं वर्षगाँठ

(GMT+08:00) 2019-08-01 18:50:46

चीन-नेपाल दौत्य सम्बन्ध स्थापनाको ६४औं वर्षगाँठका उपलक्ष्यमा नेपाली राजदूतावासले बिहीबार पैचिङस्थित अन्तर्राष्ट्रिय संस्कृति आदानप्रदान केन्द्रमा एउटा प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ।

चीनका लागि नेपाली राजदूत लीलामणि पौड्यालले सहभागीहरूलाई दौत्य सम्बन्ध स्थापनाको शुभकामना दिँदै भविष्यमा नेपाल-चीन मित्रता समुन्नत हुँदै जाने विश्वास प्रकट गर्नुभयो। सो कार्यक्रममा दक्षिण एसिया लगायत विभिन्न देशका राजदूतहरूले भाग लिएका थिए। नेपालका लागि पूर्व चिनियाँ राजदूतहरू तथा चीनस्थित अन्य शुभेच्छुकहरू पनि कार्यक्रममा सहभागी भएका थिए।

कार्यक्रममा नेपाली तथा चिनियाँ कलाकारहरूले अलग अलग नृत्य प्रस्तुत गरेका थिए। सो अवसरमा नेपालमा गएका बेलामा चिनियाँ फोटोग्राफर तथा कलाकारहरूले खिचेका फोटोहरू तथा पेन्टिङको पनि प्रदर्शनी गरिएको छ। जम्मा १०० को हाराहारीमा नेपाल झल्किने तस्वीर प्रदर्शनी एक साता सम्म चल्ने नेपाली दूतावासले जनाएको छ। नेपाल र चीनबीच सन्१९५५ अगष्ट १ तारिखमा दौत्य सम्बन्ध स्थापना भएको थियो।

सीआरआई नेपाली सेवाका लागि

सहकर्मी समुद्र र अजयका साथमा लक्ष्मी लम्साल

जानकारी तथा लेखहरु