फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#आँखीझ्याल# चीनको रोजगार बनौटको सुधार सम्पन्न समाजको आधार

(GMT+08:00) 2019-08-02 15:31:29

चीनको राष्ट्रिय तथ्यांक व्यूरोले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार, नयाँ चीनको स्थापना भएको सत्तरीऔं वार्षिकोत्सवयता रोजगार परिमाण निरन्तर रुपमा विस्तार भएको छ र रोजगार बनौट क्रमशःसुध्रिएको छ। सन् २०१८ को अन्त्यसम्म चीनमा रोजगार पाएका व्यक्तिहरू बढेर सतहत्तर करोड पुगेको थियो भने यसले चीनको कुल जनसंख्याको आधा खण्डभन्दा बढी भाग ओगटेको छ। तीमध्ये दोस्रो व्यवसाय र तेस्रो व्यवसायबाट रोजगार पाएकाहरूको संख्या बेग्ला-बेग्लै रुपमा करीब ३० प्रतिशत र ५० प्रतिशत पुगेको छ। विज्ञकाअनुसार, रोजगार परिमाण निरन्तर रुपमा विस्तार भएबाट चीनको अर्थतन्त्र निरन्तर र स्थिर रुपमा विकास भएको छ। रोजगार बनौटको सुधार र रोजगार परिमाणको विस्तारले चीनले सम्पन्न समाज लक्ष्य पूरा गर्नका लागि जग बसालेको छ।

तथ्यांकअनुसार, नयाँ चीनको स्थापना भएको शुरु अर्थात् सन् १९४९ मा चिनियाँ शहरको बेरोजगार दर २३.६ प्रतिशत थियो। सन् २०१८ को अन्त्यमा चिनियाँ शहरको बेरोजगार दर ४.९ प्रतिशत मात्रै छ। च्वङ युआन बैंकका प्रथम अर्थशास्त्री वाङ च्युनको विचारमा रोजगार बनौट र रोजगार परिमाणको सुधारले बासिन्दाको आम्दानीको वृद्धि गर्न, उपभोग स्तरलाई माथि उकास्न, खान र लाउन पुग्ने अवस्थाबाट सम्पन्न जीवनतर्फ अग्रसर हुनका लागि जग बसालेको छ। वाङ च्युन भन्नुहुन्छ "हामीलाई थाहा छ, सत्तरी वर्षअघि हाम्रो देशको जनसंख्या करिब पचास करोड थियो। हाल करीब एक अर्ब चालीस करोड पुगेको छ। हामीले रोजगार परिमाण निरन्तर रुपमा विस्तारका लागि स्थिरतापूर्वक कायम राखेको कुराबाट चीनको अर्थतन्त्रमा तिव्र रुपमा वृद्धि भएको प्रतिविम्वित हुन्छ। यति ठूलो जनसंख्याको रोजगारले चीनको आर्थिक समृद्धि र विश्वका लागि महत्वपूर्ण योगदान दिएको छ।"

1  2  3  
जानकारी तथा लेखहरु