फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

मिथ्याभाष र गैरजिम्मेवारी

(GMT+08:00) 2019-08-08 16:20:09

अमेरिकी ह्वाइट हाउसका व्यापारिक सल्लाहकार पिटर नाभारोले ४ तारिख चीनले तथाकथित "सात किसिमको मुद्दा"को अन्त्य नगरुन्जेलसम्म अमेरिकाले चिनियाँ माल सामानमाथि लगाएको भन्सार कर खारेज नगर्ने कुरा बताएका छन्। साथै उनले हाल अमेरिकाले आगामी सेप्टेम्बरमा चीन अमेरिकामा आएर वार्ता जारी गर्ने मामिलाको तयारीमा रहिरहेको जानकारी पनि दिएका छन्। एकातिर भन्सार करको ठूलो दबाव लगाएर चीनमाथि निराधार दोषारोपण गर्नुका साथै अर्कातिर भने निरन्तर रुपमा चीनसँग संवार्ता गर्दै जान खोजेको देखिन्छ। ती अमेरिकीहरूको तर्क निकै हास्यस्पद रहेछ।

सल्लाहकार नाभारोले चर्चा गरेका तथाकथित "सात किसिमको मुद्दा" मध्ये बौद्धिक सम्पत्ति अधिकारको संरक्षण, प्रविधि हस्तान्तरण, राष्ट्रिय उद्योग-व्यवसायको सहुलियत भत्ता र फ्यान्टानिलको नियन्त्रण र व्यवस्थापन आदि विषय पनि समावेश छन्। ती कुराहरू वास्तवमा पूराका पूरै तथ्यलाई बंग्याएर चीनलाई बदनाम गर्न खोजिएको पुराना भनाई हुन्। ती कुराहरू निराधार र मिथ्याभाषले भरिएका छन्।

बौद्धिक सम्पत्ति अधिकारको संरक्षण समस्याबाट हेर्दा त्यो चीन सिर्जनशील विकास हुने आवश्यक आग्रह नै हो। विशेषत: बितेका केही वर्षयता चीनको बौद्धिक सम्पत्ति अधिकारको संरक्षणका क्रममा प्राप्त उपलब्धिहरूलाई अन्तर्राष्ट्रिय समाजले विस्तृत रुपमा स्वीकार गरेको छ। स्वदेश बाहिरका वासिन्दाहरूले बौद्धिक सम्पत्ति अधिकारको आवेदन गर्नेको संख्या नै एक देशका लागि बौद्धिक सम्पत्ति अधिकारको संरक्षण गर्ने स्तर र कारोबार वातावरणलाई बतासको दिशा देखाउने चिन्ह रहेको छ। सन् २०१९ को पूर्वार्द्धमा विदेशले चीनमा आविष्कार र प्रतिलिपि अधिकारको आवेदन गर्ने मात्रा ७८ हजार पुगेकाले गत वर्षको सोही अवधिको तुलनामा ८.६ प्रतिशतले वृद्धि भएको देखिन्छ। यसका अतिरिक्त, विदेशले चीनमा आफ्नो मार्काको आवेदन गर्ने संख्या पनि १ लाख २७ हजार पुगेकाले गत वर्षको सोही अवधिको दाँजोमा १५.४ प्रतिशतले वृद्धि भएको छ। ती तथ्याङ्कबाट के प्रमाणित गरिएको छ भने सारा विश्वका सिर्जनशील समुदायले चीनको बौद्धिक सम्पत्ति अधिकारको संरक्षण गर्ने सन्दर्भमा दृढ अठोट देखाएको छ। विश्व बौद्धिक सम्पत्ति अधिकार संगठनले हाल सन् २०१९ मा सारा विश्वको सिर्जनशील सूचीलाई सार्वजनिक गर्दै चीन सन् २०१८ को १७ औँ स्थानबाट अहिलेको १४औँ स्थानमा पुगेको जनाएको छ। यस विषयबारे चर्चा गर्दै त्यस संगठनका महाप्रबन्धक फ्रान्सिस गारीले "हाल चीन सारा विश्वको बौद्धिक सम्पत्ति अधिकार प्रणालीको निर्देशक बनेको" मूल्याङ्कन गर्नुभएको छ।

अमेरिकाले चीनबाट अमेरिकातर्फ निर्यात गरिने माल सामानमाथि थप भन्सार कर लगाएको कुरा नै चीन-अमेरिका आर्थिक र व्यापारिक घर्षणको शुरुवात हो। यदि दुवै पक्षबीच सम्झौता सम्पन्न भएमा लगाइएको थप भन्सारलाई पूराका पूरै खारेज गरिनुपर्छ। केही अमेरिकीहरूले साँच्चिकै समस्याको समाधान गर्न खोजेका हुने भने समान र निष्पक्ष रुपमा एकले अर्काको सम्मान गरेर चीन-अमेरिका दुवै देशका राष्ट्रनायकबीचको ओसाका भेट-वार्तामा सम्पन्न मतैक्यताको राम्ररी अध्ययन गर्नुपर्छ।

जानकारी तथा लेखहरु