फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#आँखीझ्याल# खानसकिने गुलाफ फूलको व्यवसायद्वारा युन नानको आन निङको अर्थतन्त्रको विकास

(GMT+08:00) 2019-08-09 14:17:41

हरेक वर्षको अप्रिल र मे महिनामा युन नान प्रान्तीय आन निङ शहरको पा चे बस्तीको उपत्यकामा गुलाफ फूल फुल्ने गर्दछ। यो विशेष किसिमको गुलाफको फूल अवलोकन गर्न मात्र नभई प्रशोधन गरेर खाद्य-पदार्थको रूपमा उत्पादन पनि गर्नसकिन्छ। यस गुलाफ फूलले स्थानीय विशेष अर्थतन्त्रको विकासका लागि जीवन्त शक्ति थपिदिएको छ।

समुद्री सतहदेखि पा चे बस्तीको उचाई १९४० मिटर छ, वर्षको औसत तापक्रम १४.८ डिग्री हुन्छ। यो क्षेत्र खानसकिने गुलाफ फूल रोप्नका लागि राम्रो ठाउँ हो। गत शताब्दीको पचासौं दशकदेखि पा चे बस्तीले खानसकिने गुलाफ फूल रोप्न थालेको थियो। साठी वर्षको विकासपछि सानो क्षेत्रफलको रोपाईबाट विकास भएर गुलाफ फूल संघ, रोपाई सहकारी, अध्ययन केन्द्र आदी संयुक्त रुपमा सहभागी भएको विशेष व्यवसाय बनेको छ र स्थानीय किसानको आम्दानी बढाउने र धनी बनाउने विशेष व्यवसाय बनेको छ। हाल यहाँ खानसकिने गुलाफ फूलको रोपाई क्षेत्रफल ८ हजार ९ सय मू अर्थात् ५९३.३३ हेक्टरभन्दा बढी पुगेको छ। गुलाफ फूल रोप्ने परिवारको संख्या ३५२४ पुगेको छ। खानसकिने गुलाफ फूलको प्रशोधन उद्योग-व्यवसायको संख्या एघार वटा पुगेको छ।

1  2  3  
जानकारी तथा लेखहरु