फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#आँखीझ्याल# खानसकिने गुलाफ फूलको व्यवसायद्वारा युन नानको आन निङको अर्थतन्त्रको विकास

(GMT+08:00) 2019-08-09 14:17:41

आन निङ गुलाफ कु खाद्य-पदार्थ कम्पनी खानसकिने गुलाफ फूलको प्रशोधन उद्योग-व्यवसाय हो। यो कम्पनीअन्तर्गत उत्पादन विभागका प्रमुख यु चेन व्हैले कम्पनी सन् २०१३ मा बा चे बस्तीमा स्थापित भएको बताउनुभयो। यु चेन व्है भन्नुहुन्छ "यहाँ प्राकृतिक वनस्पति छन्। यहाँ कारखानाको स्थापना गर्नुको कारण यहाँ सबैभन्दा उत्तम भौगोलिक वातावरण छ। सबैभन्दा राम्रो गुलाफ फूललाई प्रशोधन गरेर गुलाफ फूल रोटी बनाउनसकिन्छ। हाम्रो कम्पनीले स्थानीय सरकार र गाउँ समितिलाई जमीनको प्रयोग गर्न अनुमोदन गर्न अनुरोध गरेका थियौं। गाउँ समितिले हामीसँग बीस मू अर्थात् १.३३ हेक्टरको जमीनको प्रयोग गर्न स्वीकार गरेको थियो। हामीले गुलाफ फूल प्रशोधन काराखनाको निर्माण गर्न थालेका थियौं। गुलाफ फूल टिपेको दुई घण्टाभित्र प्रशोधन गर्नसकिन्छ, यसले गर्दा गुलाफ फूलको स्वाद र पोषण ताजा र धेरै रहने हुन्छ।"

1  2  3  
जानकारी तथा लेखहरु