फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#आँखीझ्याल# खानसकिने गुलाफ फूलको व्यवसायद्वारा युन नानको आन निङको अर्थतन्त्रको विकास

(GMT+08:00) 2019-08-09 14:17:41

बा चेका एक अधिकारी छन यु पिनकाअनुसार, बा चे आन निङ शहरको दक्षिणी जलस्रोत साधनको संरक्षण स्थल हो। राम्रो गुणस्तरको जलस्रोत साधन खानसकिने गुलाफ फूल रोप्नका लागि हितकर छ। स्थानीय गुलाफ फूलद्वारा उत्पादन गरिने ताजा गुलाफ फूल रोटी अर्गानिक खाद्य-पदार्थ हो। छन यु पिन भन्नुहुन्छ "हाम्रो बस्ती दक्षिणी जलस्रोत साधनको संरक्षण स्थल हो। यहाँ कुनै पनि उद्योग छैन र कृषि प्रधानतामा रहेको गाउँ हो। त्यसैले प्रदूषणको राम्रोसँग नियन्त्रण गरिएको छ। साथै खानसकिने गुलाफ फूल रोप्ने क्रममा कीटनाशक औषधी र रसायनिक मलको प्रयोग गर्दा प्राविधिकद्वारा निर्देशन दिने गरिन्छ। टिप्ने कालमा पनि रसायनिक मल र कीटनाशक औषधीको प्रयोगको गम्भीर रुपमा नियन्त्रण गरिनुपर्छ। त्यसैले हामीले उत्पादन गर्ने गुलाफ फूल अर्गानिक हरियो खाद्य-पदार्थ हो।"

आन निङ गुलाफ कु खाद्य-पदार्थ कम्पनी स्थापना भएयता तीन पटकसम्म निर्माण विस्तार गरिएको छ। यु चेन व्हैकाअनुसार, हरेक वर्ष नान निङ कम्पनीको गुलाफ फूलको कच्चा-पदार्थको आम्दानी तीन करोड चिनियाँ युआन छ साथै खाद्य-पदार्थको प्रशोधनको आम्दानी दुई करोड चिनियाँ युआन पुगेको छ।

हालसम्म बा चेको गुलाफ फूल उद्योग-व्यवसायहरूले ताजा गुलाफ फूल रोटी, गुलाफ फूल मिठाइ, गुलाफ फूल साबुन, गुलाफ फूल रक्सी, गुलाफ फूल जूसलगायत साठी किसिमका वस्तुको विकास गरिसकेका छन्।


1  2  3  
जानकारी तथा लेखहरु