फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको शाउ क्वानका संस्कृति तथा पर्यटन सम्बन्धी फोटो प्रदर्शनी"युरोपको राजधानीमा"

(GMT+08:00) 2019-08-12 10:41:16

"चीनको शाउ क्वानका संस्कृति तथा पर्यटन सम्बन्धी फोटो प्रदर्शनी"गत जुन २८ तारिख"युरोपको राजधानी"ब्रसेल्समा आयोजना गरिएको थियो। सो प्रदर्शनीले शाउ क्वानका प्राकृतिक दृश्य, चाल-चलन तथा रीतिरिवाज सम्बन्धी ३० वटा फोटा तथा भिडियो सामग्री लगायत प्रत्यक्ष तरिकामार्फत युरोपेलीहरुलाई चिनियाँ विशेषतायुक्त संस्कृति तथा पर्यटन स्रोतको प्रसार गरेको थियो।

चीनको क्वाङ तुङ प्रान्तको शाउ क्वान नगरको जन सरकारद्वारा आयोजित"चीनको शाउ क्वानका संस्कृति तथा पर्यटन सम्बन्धी फोटो प्रदर्शनी"कार्यक्रममा युरोपका लागि चिनियाँ प्रतिनिधि मण्डलका साथै युरोपेली संघका संस्थाहरु तथा बेल्जियमको सरकार लगायत करिब एक सय जना व्यक्तिहरू सहभागी भएका थिए। युरोपका लागि चिनियाँ प्रतिनिधि मण्डलको शिक्षा तथा संस्कृति सेवाका कन्स्युलर छ वै मिनले चीन र युरोपेली संघ बीच सर्वतोमुखी रणनीतिक साझेदारी सम्बन्धको प्रारुपमा तथा चीन र युरोपेली संघका सदस्य मुलुकहरु बीचको आवत-जावत बढ्दै गएको पृष्ठभूमिमा चीनको शाउ क्वान नगरको प्रतिनिधि मण्डलद्वारा ब्रसेल्समा गरिएको प्रचार-प्रसार कार्यक्रम ठीक समयमा भएको बताउनुभयो। उहाँ भन्नुहुन्छ,

शाउ क्वानको प्राचिन इतिहास तथा संस्कृति छ। युरोपको आफ्नो सांस्कृतिक शहर छ, त्यसै गरी चीनको आफ्नो सांस्कृतिक शहर पनि छ। यस्तो चिनियाँ तथा युरोपेली शहर बीचको आदान-प्रदानले आपसी जानकारीलाई अघि बढाउनसक्ने छ।

चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्गत शाउ क्वान समितिका आवासीय सदस्य, प्रसार विभागका प्रमुख लिउ छि युले आफ्नो सम्बोधनमा चीन र विदेशका सभ्यता बीचको आदान-प्रदानबाट मानव जातिको विकासमा प्राप्त उपलब्धिको संयुक्त रुपमा उपभोग गर्नु विश्वका मुलुकहरुका जनताको साझा अभिलाषा रहेको बताउनुभयो। उहाँ भन्नुहुन्छ,

शाउ क्वानको इतिहास तथा संस्कृतिको चिनियाँ संस्कृतिमा एउटा निकै महत्वपूर्ण प्रतिनिधित्व रहेको छ। यस पटक हामीले शाउ क्वानको संस्कृतिको प्रसार गरेका छौं। वास्तवमा हामीले चिनियाँ संस्कृतिलाई चीन बाहिर ल्याएका हौं। "बेल्ट एण्ड रोड"को पृष्ठभूमिमा युरोपका विभिन्न मुलुकका साथीहरुलाई शाउ क्वानको पर्यटन, व्यापार गर्न तथा लगानी गर्न स्वागत गरेका छौं।

सो कार्यक्रममा सहभागी हुनुभएका बेल्जियन-चिनियाँ आर्थिक तथा व्यापारिक समितिका अध्यक्ष डेबिड बरनार्दले वर्तमान विश्वमा घुम्न सजिलो भए तापनि हामीले बाह्य क्षेत्रबारे गहिरो जानकारी नलिएको भन्दै शाउ क्वानका संस्कृति तथा पर्यटन सम्बन्धी फोटो प्रदर्शनीले युरोपेलीहरुलाई चीन बुझ्न एउटा झ्याल प्रदान गरेको बताउनुभयो। उहाँ भन्नुहुन्छ,

आपसी जानकारीलाई प्रबर्द्धन गर्ने सबैभन्दा राम्रो उपाय शहरहरु बीचको सहयोगलाई सबल पार्नु हो। जसबाट दुई पक्षका नागरिकहरुले एक अर्को पक्षका विचार तथा जीवनबारे अरु राम्रोसँग बुझ्नसक्छन्। यसबाट अनावश्यक भिडन्तलाई कम गर्न सकिन्छ। शहरहरु बीचको सहयोगलाई सबल पार्नाले व्यापारिक अवसरको सम्भावना हुन्छ र लगानी तथा रोजगारीलाई अघि बढाएर अन्त्यमा दुई शहरको जीवन स्तरलाई माथि उकास्न सकिने छ।

जानकारी तथा लेखहरु