फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

जातीय सँस्कृतिको शिक्षाबाट तु लुङ जातीय सँस्कृतिको संरक्षण 2

(GMT+08:00) 2019-08-13 08:47:57

सन् 2018 सेप्टेम्बर महिनामा युननान विश्वविद्यालयको स्वयम सेवक मण्डल तु लुङ च्याङ बस्ती विद्यालयमा आएर शिक्षामा सहयोग गरेको छ। मा को स्यान यो मण्डलका एकजना सदस्य हुन्। तु लुङ च्याङ बस्ती आइपुगे वित्तिकै उनलाई त्यहाँ रहस्यमय तथा परम्परागत सँस्कृतिबाट गहिरो रूपमा आकर्षित गरिएको छ। विश्वविद्यालयमा जातीय पोशाकको डिजाइन सिकेको मा कोस्यानले युननानको विशेषतायुक्त बुटिक तथा टाई रंगाई प्रविधि र तु लुङ जातीय कारक तत्वलाई मिलाउने योजना बनाउने थिए।

यसै मार्च महिना रूचि कक्षा सुरूदेखि विद्यार्थीहरूले ज्यादै सक्रिय रूपमा भाग लिएका छन्। हाल कूल तीन कक्षाका चालीस जना विद्यार्थीहरूले शिक्षक माबाट सिकेका छन्। बाल-बालिकाको कल्पनाप्रति शिक्षक मालाई निकै आश्चर्य लाग्यो।

"तिनीहरूले बनाएको चित्र विश्वमा विशेष र एउटा मात्रै हो। मैले उनीहरूलाई आफ्नो जातीय विषयबारे चित्र बनाउन लगाउँछु।"

पाँचौं कक्षाकी बालिका हुङ युफाङले तु लुङ जातीय अनुहारमा चित्र खोपेको विशेषतायुक्त सँस्कृतिबमोजिम चित्र बनाएकी छिन्।

" किनकि यो हाम्रो तु लुङ जातिको विशेषता हो। मेरा हजुरबुबाका आमाको अनुहारमा चित्र खोपेको हो। मेरो विचारमा यो अर्थपूर्ण छ। यस हाम्रो तु लुङ जातिको प्रतिनिधित्व रहेको छ।"

पाँचौं कक्षाकी अर्की बालिका वाङ चिनह्वाले तु लुङ जातिको अर्को विशेषतायुक्त बेलनाकार महको चाका अनुसार "महको चाका" नामक बुटिक चित्र बनाएकी छिन्।

" यो महको चाका हो। यो हाम्रो तु लुङ च्याङमा रहेको छ। मेरा बुवाले केही यस्ता महको चाका बनाउनुभयो। त्यसपछि माहुरी सक्रिय रूपमा चाकामा बस्नेछन्। माहुरीहरू यो साना प्वालद्वारा भित्र छिर्नेछन्। "

शिक्षक मा कोस्यानको विचारमा बुटिक तथा टाई रंगाई प्रविधिद्वारा तु लुङ जातीय रीतिरिवाज रेकर्ड गरेर बालबालिकाले आफ्नो जातीय सँस्कृतिमा सबैभन्दा जीवन्त क्षण याद गर्नुका साथै बाह्य पक्षसमक्ष जातीय सँस्कृति व्याख्या गर्नेबारे थाहा पाएका छन्। उनले हरेक मे महिनामा युननान विश्वविद्यालयको कला महोत्सवद्वारा बालबालिकाका लागि कला प्रदर्शनीको आयोजना गर्ने योजना बनाउँछन्। उनले कला प्रदर्शनीका लागि लोगोको सिर्जना पनि गर्छन्। उक्त लोगो कला प्रदर्शनीको लोगो मात्र होइन, रूचि कक्षाको लोगो पनि हो। सहयोग शिक्षापछि उक्त रूचि कक्षा पनि जारी हुने र तु लुङ जातीय कारक तत्व रहेको पोशाक, खानपान, दिवस, लोक गीत र नाचमा नयाँ सिर्जना गरेर जातीय कलाको उत्तराधिकार गर्ने आशा उनले लिएका छन्।

तु लुङ च्याङ नदीको किनारामा विभिन्न पक्षले तु लुङ जातीय रीतिरिवाज र सँस्कृतिको उत्तराधिकार र विकासका लागि प्रयास गर्दैछन्। प्राचीन जातीय सँस्कृति र आधुनिक जीवन मिलाएर तु लुङ च्याङ बस्तीका सर्वसाधारणको आम्दानी बढाउन अझ बढी सहयोगी र आशाजनक हुनेछ।

जानकारी तथा लेखहरु