फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

रोजगारीलाई स्थिर बनाउने चीनको प्रयास

(GMT+08:00) 2019-08-15 08:39:39

चीनको मानव संसाधन तथा सामाजिक प्रत्याभूति मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार यस वर्षको पूर्वार्द्धमा चीनको शहरी क्षेत्रमा रोजगारी पाउनेहरुको संख्या ७३ लाख ७० हजार थप भएको छ। तथ्याङ्कबाट पूरा वर्षको लक्ष्यमा ६७ प्रतिशत कार्यभार पूरा भएको देखिन्छ। चिनियाँ राज्य परिषदको कार्यकारी बैठकले आउने चरणमा अझै सशक्त कदम चालेर स्वरोजगारलाई स्थिर बनाउनुका साथै रोजगारी पद विस्तार गर्दै जाने निर्देशन गरेको छ। हाल चीन सरकारका धेरै विभागहरुले सक्रिय कदम चालेर रोजगारीलाई प्रत्याभूत गरिरहेका छन्।

मानव संसाधान तथा सामाजिक प्रत्याभूति मन्त्रालयको रोजगारी प्रवर्द्धन विभागका प्रमुख चाङ्ग यिङ्गले जानकारी दिनुभएअनुसार सन् २०१९ मा विश्वविद्यालयका स्नातकको संख्या ८३ लाख ४० हजार बराबर छ। हाल ती स्नातकको रोजगार सम्बन्धी अवस्था समष्टिगत रुपमा स्थिर रहेको छ। आउने चरणमा मानव संसाधान तथा सामाजिक प्रत्याभूति मन्त्रालयले पेशागत शक्तिको गठन गर्दै ती स्नातकका लागि रोजगारी परिस्थिति, रोजगार नीति, रोजगारी खोज्ने माध्यम आदि निर्देशन प्रदान गर्नेछ। यस बाहेक बित्त मन्त्रालय, सार्वजनिक सुरक्षा मन्त्रालय, चीनको जन बैंकले पनि विशेष दस्तावेज सार्वजनिक गर्दै ती स्नातक र रोजगारी बजारसँग समन्वयका लागि सहयोग गरेका छन्।

रोजगार सम्बन्धी महत्वपूर्ण समूहमध्ये एक विभागको रुपमा सेवा निवृत्त सैनिक समूह पनि समाजद्वारा निकै ध्यान दिइएको क्षेत्र हो। सेवा निवृत्त सैनिकले राम्रो रोजगार खोज्नका लागि चीनका धेरै स्थलले शृङ्खलाबद्ध सहुलियत नियम लागू गर्दै ती सेवा निवृत्त सैनिकलाई अझ बढी फाइदा सिर्जना गरेका छन्। चीनको युन नान प्रान्तले पनि १८ कदमले सेवा निवृत्त सैनिकको रोजगारलाई प्रवर्द्धन गरेको छ। उदाहरणका लागि निःशुल्क तालिममा भाग लिने समय अवधिलाई बढाउने छ। जसबाट वर्तमान सेवा निवृत्त भएपछि एक वर्षमै एक चोटी निःशुल्क तालिम लिने नियमबाट सेवा निवृत्त भएपछि जुनसुकै समयमा तालिम लिनसक्ने नियम बनाएको छ।

राष्ट्रिय तथ्याङ्क व्युरोबाट सार्वजनिक भएअनुसार यस वर्षको जुन महिनामा सारा देशको शहरी क्षेत्रमा बेरोजगार दर ५.१ प्रतिशत पुगेको छ भने यसअघिको महिनाको तुलनामा ०.१ प्रतिशतले बढेको छ। ३१ ठूलो शहरी क्षेत्रको बेरोजगार दर ५ प्रतिशत रहेको छ भने गत मे महिनाको तुलनामा समान देखिन्छ। यसमा ध्यान दिनुपर्ने एक कुरा के ५ भने चालु वर्षको अघिल्ला छ महिनामा देशका शहरी क्षेत्रको बेरोजगार दर सबै पूर्वानुमान नियन्त्रित लक्ष्य अर्थात् ५.५ प्रतिशतभन्दा कम छ। यसप्रति चीनको श्रम तथा सामाजिक प्रत्याभूति बैज्ञानिक प्रतिष्ठानका उपाध्यक्ष मो रुङका अनुसार समष्टिगत दृष्ठिकोणबाट रोजगार परिस्थिति स्थिर छ। चीनको आर्थिक मात्रा विशाल छ। साथै उद्योग शृङ्खला प्रभाव पनि पूर्ण छ। त्यसैले चीनको श्रम बजारमा बलियो शक्ति देखिन्छ।

जानकारी तथा लेखहरु