फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

धातु फर्निचरलाई स्मार्ट बनाइँदै

(GMT+08:00) 2019-08-15 08:54:08

धातु फर्निचर उद्योग चीनको च्याङ सी प्रान्तीय चाङशु शहरको टेवा दिने उद्योगहरूमध्येको एक हो। गत शताब्दीको ७० को दशकमा स्थानीय कृषकहरूले कार्यशालाबाटै धातु फर्निचर बनाउन थालेका थिए। आजआएर धातु फर्निचर उद्योगमा विज्ञान प्रविधिको मिलन भएको छ। ती धातु फर्निचर व्यवसायहरूको आफ्नो अध्ययन तथा विकासमा धातु फर्निचरहरूमा नै स्मार्ट किताब झिक्ने प्रणाली लगायतका स्मार्ट प्रणालीहरू राखिएका छन्।

साथै यसै शहरमा विद्यावारिधी गरिसकेकाहरूलाई व्यावहारिक मञ्च, र प्रान्तीय प्रविधि केन्द्रको पनि स्थापना गरिएको छ। साथै ती व्यवसायी प्राविधिज्ञहरूले धातु फर्निचरको राष्ट्रिय मापदण्डको तर्जुमा गर्न पनि भाग लिइरहेका छन्। हालसम्म चाङशु शहरमा खोलिएका धातु फर्निचर उद्योगहरूमा कार्यरत मजदुर तथा प्राविधिज्ञ लगायतका सबै कर्मचारीको संख्या लगभग ३० हजार पुगेको छ। साथै यहाँका उत्पादनले सम्पूर्ण चीनमा उत्पादित कूल परिमाणको २५ प्रतिशत भाग ओगटेको छ।

1  2  3  
जानकारी तथा लेखहरु