फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चाङ य शहरको ग्रामीण पर्यटनबाट किसान र पशुपालक धनी

(GMT+08:00) 2019-08-16 09:01:43

हालैका वर्षहरूयता चीनको पश्चिमी क्षेत्रको कान सु प्रान्तीय चाङ य शहरले ऐतिहासिक र साँस्कृतिक श्रोत साधन र सुन्दर पहाड, नदी, दृश्यलाई गाउँको निर्माणमा मिलाएर ग्रामीण पर्यटनको विकास गरेको छ। यस क्रममा ग्रामीण पुनःउत्थान रणनीतिलाई चौतर्फी रुपमा अगाडि बढाउँदै स्थानीय किसान तथा पशुपालकलाई धनी बनाउन सहयोग गरेको छ।

चालु वर्ष पचास वर्षीय चाङ चेन च्युनको परिवारका तीन जना छन्। उनी चाङ य शहरको सु नान जिल्लाको सी ल्यौ कौ गाउँका किसान हुन्। पहिला उनको परिवारले घाँसेमैदानमा पशुलापक र थोरै खेतीपातीमा निर्भर भएर जीवन बिताएको थियो। त्यस कालमा उनको परिवारको आम्दानी अस्थित थियो। हालैका वर्षहरूयता सी ल्यौ कौ गाउँले सुन्दर ग्रामीण क्षेत्रको निर्माणमार्फत रितिरिवाज पर्यटनको जोडतोडतका साथ विकास गरेको छ। चाङ चेन च्युन परिवार पनि यसबाट लाभान्वित भएको छ। उनको परिवारले होम्स्टेको निर्माण गरेको र विभिन्न पर्यटकलाई उनको होम्स्टेमा बस्न भित्र्याएको छ। उनी भन्छन् "मेरो होम्स्टेमा बाह्र जना बस्नसकिन्छ, जम्मा चार वटा कोठा छन्। हरेक कोठामा वाइफाइ छ। पर्यटकले जातीय खाना र गाउँको विशेष तरकारी खान्छन्। यो कोठामा दुई वटा ओछ्यान छन्। यहाँ एक दिन बस्नका एक सय बीस चिनियाँ युआनको खर्च हुन्छ। जातीय विशेषतायुक्त कोठा र परिवार कोठामा बस्न एक दिन आठ सय चिनियाँ युआन चाहिन्छ। यहाँ आठ जनादेखि नौ जनासम्म बस्नसकिन्छ। पर्यटकले राम्रो मूल्यांकन गरेका छन्। पर्यटकले हाम्रो होम्स्टेको राम्रो वातावरण, स्वच्छ, राम्रो सेवा भएको मूल्यंकन गरेका छन्।"

थाहा भएअनुसार, चाङ चेन च्युनजस्तै खेतीपाती गर्ने र पशुलापन गर्ने ७१ वटा परिवारका २०३ जना छन्। सु नान जिल्लाको ता ह गाउँका प्रमुख वाङ सान च्युनले भन्नुभएअनुसार, ता ह गाउँले ऐतिहासिक र साँस्कृतिक श्रोत साधन र सुन्दर पहाड, नदी, दृश्यलाई गाउँको निर्माणमा मिलाएर ग्रामीण पर्यटनको विकास गरेको छ।

1  2  
जानकारी तथा लेखहरु