फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

धान खेतमा माछा र कछुवाको पालन

(GMT+08:00) 2019-09-04 10:10:30

सन् २०१८ देखि चिनियाँ चच्याङ प्रान्तको हुचौ शहरीय यिनच्यास्यु गाउँले परीक्षणको रूपमा धान खेतमा माछा र कछुवाको पालन गर्दैआएको छ। धान खेतमा कुनै कीटनाशक तथा प्राङ्गारिक मलको प्रयोग नगर्नुका साथै माछा तथा कछुवाको पालनद्वारा पर्यावरणीय श्रृँखलाको निर्माण गरेको छ।

त्यसैले त्यहाँबाट उत्पादित चामललाई चिनियाँ हरित खाद्यान्न विकास केन्द्रले ए स्तर दिएको छ। साथै हरेक ६६७ वर्गमिटर क्षेत्रफलको धान खेतमा पालिएका माछा र कछुवाहरूको मूल्य क्रमशः ८ हजार र १२ हजार चिनियाँ युआन भएको बताइएको छ।

वैज्ञानिक पालन तरिकाले स्थानीय कृषि उत्पादन ढाँचामा परिवर्तन ल्याउनुका साथै उत्पादन मात्रा र आम्दानी पनि वृद्धि भएको छ।

जानकारी तथा लेखहरु