फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

च्याङसु क्यालिग्राफी तथा चित्रकला स्कुलको चित्रकला प्रदर्शन काठमाण्डौँमा

(GMT+08:00) 2019-09-28 15:08:49

चीनको तानछिङ-च्याङसु क्यालिग्राफी तथा चित्रकला स्कुलको चित्रकला प्रदर्शन २७ तारिख नेपालको राजधानी काठमाण्डौँमा आयोजना भएको छ। नौ जना चिनियाँ चित्रकारले कोरेका ३४ वटा चिनियाँ चित्रहरूप्रति विभिन्न नेपाली चित्रकार तथा कलाकार आकर्षित भएका छन्।

नेपालका वरिष्ठ कला पारखी मुकेश मल्लले चित्रहरूमाथि उच्च मूल्याङ्कन गर्नुका साथै चिनियाँ चित्रकारको उत्कृष्ट शिप र गम्भीर मनोवृत्तिमाथि प्रशंसा गर्नुभयो। नेपालका पहिलो आधुनिक चित्रकार ८४ वर्षीय गहेन्द्र मान अमात्यले प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै बाल्यकालमा चिनियाँ चित्रकलाको प्रभाव परेकोले आफू कलाको बाटो हिँडेको र चीनमा चित्र कोर्ने मौका पाउनसक्ने आशा आफूले लिएको व्यक्त गर्नुभयो।

च्याङसु क्यालिग्राफी तथा चित्रकला स्कुल प्रतिनिधिमण्डलका प्रमुख एवम च्याङ सु प्रान्तीय साहित्य तथा कला संघका उपाध्यक्ष लिउ स्यु तुङ र वरिष्ठ चित्रकार काउ च्येन शङले सम्बोधन गर्दै चिनियाँ चित्रकलाको इतिहास र उत्तराधिकारबारे संक्षिप्त जानकारी दिनुका साथै नेपाली कला क्षेत्रसँग आदान-प्रदान र सहयोगलाई बढाएर दुई देशबीचको लोक मैत्रीपूर्ण आदान-प्रदानलाई अरू गहन पार्ने इच्छा लिएको व्यक्त गर्नुभयो।

जानकारी तथा लेखहरु