फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सिनिङ शहरको च्येन क्वो लु अर्थात् 'देशको स्थापना सडक'को सुखमय जीवन-१

(GMT+08:00) 2019-09-30 09:13:06

सन् २०१९ को अक्टोबर १ तारिख जन गणतन्त्र चीनको स्थापना भएको सत्तरीऔं वार्षिकोत्सव हो। यदि तपाईं चीन आउनुभएमा चीनका धेरै शहरहरुमा "मुक्ति"अथवा "देशको स्थापना" नामक सडकहरू रहेको कुरा भेट्नुहुन्छ होला, जुन मुख्य गरी यस शहरको मुक्ति अथवा जन गणतन्त्र चीनको जन्मको सम्झनाका लागि यस्तो नाम राखिएको हो। हाल हाम्रा पत्रकारले दक्षिण एशियाका मुलुकहरुसँग "भगिनी सम्बन्ध" भएका चिनियाँ शहरहरु घुमेर यी शहरहरुमा रहेका "मुक्ति सडक"अथवा "देशको स्थापना सडक"को कथामार्फत बितेका ७० वर्षमा चीनमा भएका फड्को मार्नेखालका परिवर्तनबारे अभिव्यक्त गरेका छन्।

नेपालको "कलाको शहर"मानिने ललितपुरमा रङ्गीचङ्गी सांस्कृतिक सम्पदा छन्। जसलाई सन् १९८०मा संयुक्त राष्ट्र संघीय युनेस्कोले एशियाका १८ वटा महत्वपूर्ण प्राचीन शहरको सूचीमा राखेको थियो। छिङहाई तिब्बत पठारभूमिको पूर्वी भागमा शुरु भएको छिङहाई प्रान्तको सिनिङ शहर प्राचीन कालको सिल्क रोडको एउटा भाग थियो। गहिरो सांस्कृतिक वातावरण भएका ती दुई वटा शहरले सन् २०१३को जुन महिनामा भगिनी सम्बन्ध स्थापना गरेका थिए। नयाँ चीनको स्थापना भएको ७०औं वार्षिकोत्सवको उपलक्ष्यमा हाम्रा पत्रकार ललितपुरको भगिनी शहर सिनिङ पुगेका छन्।

बिहान ७ बजे सिनिङ शहरको च्येन क्वो लु अर्थात् 'देशको स्थापना सडक'को छेउमा रहेको पार्कमा पैचिङ ओपेराको मिठो स्वर सुनिन्छ। जुन उत्तर-पश्चिमी भागमा धेरै विशेष मानिन्छ। पार्कको पेभिलियनको तल ठाडो तथा सिधा शरीर उभिएकी एक जना महिला छिन्।

तपाईंहरुको विचारमा मेरो उमेर कति होला? आज मैले एउटा ट्याक्सी चढेको बेला ट्याक्सी चालकले मेरो उमेर निकै सानो हुने अनुमान गरे। तथापि यस वर्ष म ६६ वर्षकी भएँ।

पैचिङ ओपेराकी शौखिन सु च्वेनलाई अरु व्यक्तिबाट आफ्नो उमेरको अनुमान गर्न लगाउन मनपर्छ। दश वर्षअघि अवकाश लिएपछि सु च्वेनले श्रीमानसँग आफू बस्ने सामुदायिक क्षेत्रको नजीकै एउटा किराना पसल खोलिन्। केही वर्षपछि सो क्षेत्रमा वृद्ध विश्वविद्यालय संचालनमा आयो। अवकाश लिएका वासिन्दाहरुले त्यसको सक्रियताका साथ प्रतिक्रिया जनाए। सु च्वेनले आफ्नो नाम वृद्ध विश्वविद्यालयमा दर्ता गर्दा पैचिङ ओपेरा समूहमा निश्चित संख्या मात्र बाँकी थियो। कुनै पनि आधार नभएकी सु दिदीले पैचिङ ओपेरा सिक्नेबारे चिन्तन् गर्न थालिन्। तथापि पछि उनलाई अनुभव भयो, पैचिङ ओपेरा सिक्नु भनेको मिठो खाना खानु जस्तै हो, निरन्तर रुपमा खाएपछि झन् झन् मिठो हुन्छ। र सु दिदीले निरन्तर दश वर्षसम्म पैचिङ ओपेरा सिकेकी छिन्।

बितेका दश वर्षदेखि सु दिदी किराना पसलमा सामानहरु बिक्री गर्नुका साथै फुर्सदमा पैचिङ ओपेराको अभ्यास गर्दै आएकी छिन्। यस्तो व्यस्त जीवनबाट उनमा जिवन्त शक्ति तथा आत्मविश्वास भरिएको छ। त्यसैले उनको अनुहार उनको उमेर जस्तै वृद्ध देखिंदैन। यताका केही वर्षदेखि उनको पैचिङ ओपेरा समूहले धेरै पटक प्रान्त र शहर स्तरीय प्रतियोगितामा पुरस्कार जितेको छ। पैचिङ ओपेरा समूहकी एक जना महत्वपूर्ण सदस्यको हैसियतमा सु दिदीलाई निकै गौरव लागेको छ।

पैचिङ ओपेरा समूहले प्राप्त गरेको उपलव्धी 'देशको स्थापना' सडक सामुदायिक क्षेत्रको विकाससँग पनि घनिष्ठ रूपमा सम्बन्धित छ। अहिले धेरै अग्लो भवन तथा हरियो रुख भएको सो सडकको दश वर्षअघि अर्कै छवि थियो। यसबारे चर्चा गर्दै सडक समुदाय क्षेत्रका सचिव काउ फु फङ भन्छन्,

पहिले छिङहाई प्रान्तमा एउटा भनाई थियो, त्यो भनेको छिङहाई राम्रो थियो। छिङहाईकी केटीको नुहाउने बानी थिएन, छिङहाईको पहाडमा घाँस पनि हुर्केको थिएन।

जानकारी तथा लेखहरु