फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

मेदोग

(GMT+08:00) 2019-10-16 09:34:18

मेदोगलाई पाइमागाङ पनि भनिन्छ। यो तिब्बतको सबभन्दा रहस्यमय क्षेत्रमध्येको एक हो।

मेदोग जिल्ला ब्रह्मपुत्रको तल्लो भागमा पर्छ। यसको ‌औसत उचाइ समुद्र सतहबाट १२०० मिटर रहेको छ। मेदोगको उत्तरी भाग अग्लो छ भने दक्षिणी भाग होचो छ। चारैतिर पहाडबाट घेरिएकोले टाढाबाट हेर्दा समस्त मेदोग क्षेत्र कमलको फूल जस्तो देखिन्छ। त्यहाँको भूखण्ड निकै जटिल छ भने पर्वतका शिखरहरू बादलबीच लुकामारी गर्छन् र पहाड नदीको किनारबाट उठेका छन्। नदीको कलकल आवाज सुने तापनि नदीसम्म पुग्न एक दिन लाग्छ भन्ने वर्णन गरिएको छ।

तिब्बती क्षेत्रको प्रसिद्ध धर्मग्रन्थ अर्थात् कान्ग्युरमा उल्लेख गरिएअनुसार, बौद्ध धर्मको सुखवती पाइमाकाङ पवित्रस्थलमध्ये सबभन्दा उत्कृष्ट छ। त्यसबाट तिब्बती धार्मिक क्षेत्रमा मेदोगको स्थान र विभिन्न क्षेत्रका अनुयायीलाई पारेको आकर्षण देख्नसकिन्छ। मेदोग क्षेत्रका मनपा र लोपा जातीयहरुले आफ्ना पूर्खाको ठाउँलाई पाइयुछेनपुपाइमाकाङ भन्ने गर्छन् तिब्बती भाषामा त्यसको अर्थ लुकेको कमल फूल जस्तो पवित्र स्थल रहेको छ।

1  2  
जानकारी तथा लेखहरु