फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

११औं पञ्चेनबाट थाङ्का हस्तान्तरण

(GMT+08:00) 2019-10-16 14:13:01

११औं पञ्चेन छ्योइग्यी ग्याइबोबाट थाङ्का हस्तान्तरण समारोह १५ तारिख पैचिङमा आयोजित भएको छ। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिका महासचिव एवम् चीनका राष्ट्राध्यक्ष सी चिनफिङको आदेशमा केन्द्रिय समितिको राजनैतिक व्यूरोका सदस्य एवम् केन्द्रिय समिति कार्यालयका प्रमुख तीङ स्येस्याङले उक्त थाङ्का लिनुभएको छ।

जनगणतन्त्र चीन स्थापनाको ७०औं वार्षिकोत्सवको उपलक्ष्यमा ११औं पञ्चेनले केन्द्रिय समितिलाई थाङ्का दिँदै चिनियाँ कम्युनिष्ट पार्टीको दृढ समर्थन तथा देश प्रेम व्यक्त गर्नुभएको छ। पञ्चेनले देशको एकीकरण तथा जातिय एकताको संरक्षण गर्दै तिब्बतको मेलमिलाप र स्थिरताको लागि योगदान दिँदै जाने पुष्टि गर्नुभएको छ।

जानकारी तथा लेखहरु