फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#अर्थ जगत# ६ मुलुक संसदको अध्यक्षद्वारा बेल्ट एण्ड रोडले आर्थिक सम्पर्क आदि क्षेत्रमा सिर्जना गरेको भूमिकाको उच्च मूल्याङ्कन

(GMT+08:00) 2019-10-17 15:04:10

तेस्रो ६ मुलुक संसद अध्यक्ष सम्मेलन यस अक्टोबर 11देखि 12तारिखसम्म टर्कीको इस्तानबुलमा आयोजना भएको छ। यस सम्मेलनले क्षेत्रीय आर्थिक सम्पर्क र आतंकवादको विरोध सम्बन्धमा छलफल गर्दै《इस्तानबुल घोषणापत्र》पारित गरेको छ। यस सम्मेलनमा भाग लिएका विभिन्न मुलुकका प्रतिनिधिहरुले"बेल्ट एण्ड रोड" निर्णय प्रस्तावले क्षेत्रीय आर्थिक सम्पर्कलाई मजबुत बनाउन र आतंकवादको प्रतिरोध गर्ने क्षेत्रमा सिर्जना गरेको महत्वपूर्ण भूमिकाको उच्च मूल्याङ्कन गरेका छन्।

चिनियाँ जन कांग्रेस, स्थायी समितिका उपाध्यक्ष वाङ्ग तुङ्ग मिङले प्रतिनिधि मण्डलको नेतृत्व गरेर उक्त सम्मेलनमा भाग लिनुभएको छ। उहाँले यस सम्मेलनको उद्घाटन समारोहमा भाषण दिँदै विकासले सुरक्षा प्रवर्द्धन गर्दै पारस्परिक सम्पर्कले विकासलाई प्रवर्द्धनमार्फत क्रमशःअन्तर्राष्ट्रिय सामाजिक व्यापक सहमति सिर्जना गर्ने कुरा बताउनुभयो। उहाँका अनुसार चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले प्रस्तुत गर्नुभएको"बेल्ट एण्ड रोड"भन्ने निर्णय प्रस्तावले क्षेत्रीय पारस्परिक सम्पर्कको निर्माणका लागि नयाँ प्रवर्द्धन शक्ति प्रदान गर्दछ। छ वर्षयता रुस,पाकिस्तान,इरान,टर्की,अफ्गानिस्तान लगायत 160 मुलुक र संगठनहरुले चीनसँग बेल्ट एण्ड रोड सम्बद्ध सहयोगात्मक दस्तावेजमा हस्ताक्षर गरेका छन्। छ कोरिडोर,छ मार्ग,बहुराष्ट्र तथा बहुबन्दरगाहबाट गठित प्रारुप आधारभूत रुपमा स्थापना भएको छ।

यसप्रति पाकिस्तानी सिनेटका उपाध्यक्ष सालिम मान्दाभिवालाका अनुसार बेल्ट एण्ड रोड भन्ने निर्णय प्रस्तावले चीन र सम्बद्ध तटवर्ती मुलुक तथा क्षेत्रबीचको सम्पर्कलाई बलियो बनाउनुका साथै आर्थिक सहयोग जस्तै सम्बद्ध मुलुकको आतंकवादी दवावलाई न्यूनीकरण गरेको देखिन्छ।

यस सम्मेलनमा भाग लिएका प्रतिनिधिहरुको विचारमा बेल्ट एण्ड रोड भन्ने निर्णय प्रस्ताव धेरै मुलुकको विकास रणनीतिसँग मिल्छ। टर्कीको"पूर्व-पश्चिम कोरिडोर" योजना बेल्ट एण्ड रोड निर्णय प्रस्तावको एक महत्वपूर्ण विभागको रुपमा मान्न सकिन्छ। टर्कीको माथिल्लो सदन राष्ट्रिय सभाको मन्त्री मण्डल समितिका अध्यक्ष सेलालेटीन गुवेन्छका अनुसार टर्कीको "पूर्व-पश्चिम कोरिडोर"योजना चिनियाँ राष्ट्राध्यक्षद्वारा प्रस्तुत बेल्ट एण्ड रोड निर्णय प्रस्तावबीच"प्राकृतिक सम्बन्ध"रहेको छ। यी दुबै पक्षबीच पूरक सम्बन्ध छ। यी दुबै मुलुकबीचको विकास रणनीतिलाई सम्पर्क राख्दै आपसी आर्थिक तथा व्यापारिक सहयोग पनि अझ बढी घनिष्ट बन्दै जाने छ।

बेल्ट एण्ड रोड भन्ने निर्णय प्रस्तावले अन्तर्राष्ट्रिय आर्थिक सहयोगलाई जोड दिन्छ। खुल्ला तथा समेटिएको तथा साझा फाइदा भन्ने विचार लिँदै यस निर्णय प्रस्तावले सम्बद्ध तटवर्ती मुलुकको आर्थिक विकासलाई प्रवर्द्धन गर्दै स्थानीय नागरिकको जीवनस्तरलाई माथि उकास्नुलाई अन्तिम उद्देश्य बनाएको हो। वर्तमान जटिल अन्तर्राष्ट्रिय पृष्ठभूमिमा बेल्ट एण्ड रोडको निर्माणले क्षेत्रीय पारस्परिक सम्पर्क र आतंकवादको विरोधलाई बलियो पार्नका लागि विशेष तथा महत्वपूर्ण भावार्थ सिर्जना गर्दछ।

जानकारी तथा लेखहरु