फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#अल्पसंख्यक जाति# "वनछङ राजकुमारी" विषयक नाटकबाट तिब्बती गाउँ समृद्ध 2

(GMT+08:00) 2019-10-22 10:37:43

गत साताको कार्यक्रममा मैले "वनछङ राजकुमारी" विषयक नाटकको बारेमा जानकारी दिएकी थिएँ। यो नाटकले स्थानीय तिब्बती गाउँको जीवनमा ठूलो परिवर्तन ल्याएको छ।

२७ वर्षे तिब्बती युवा लाभूछरेनले "वनछङ राजकुमारी" विषयक नाटकमा ६ वर्षसम्म अभिनय गरेका थिए। उनी कुशलताका साथ तिब्बती विविध किसिमका गैर-भौतिक नाच नाच्नसक्छन्। साथै तिब्बती गैर-भौतिक सांस्कृतिक परम्परागत नाच पनि सिकेका छन्। त्यसै गरी उनले नयाँ अभिनय तालिम पनि दिएका छन्। हाल उनले उक्त नाटकमा सात भूमिकाको अभिनय गर्नुका साथै अर्को नयाँ ऐतिहासिक नाटक "चिनछङ राजकुमारी"मा पनि अभिनेता बनेका छन्। दुई नाटकको कामले हरेक महिना उनलाई करिब छ हजार युआनको आम्दानी दिएको छ।

"हरेक महिना म लगभग छ हजार युआन कमाउँछु, आफ्नो लागि तीन हजार युआन राख्छु र बाकी तीन हजार युआन परिवारलाई दिन्छु।"

1  2  
जानकारी तथा लेखहरु