फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

मिद्वी हिमनदी

(GMT+08:00) 2019-10-23 09:46:39

मिद्वी हिमनदीको स्रोत समुद्र सतहदेखि ६००० मिटरको हिम पर्वतमा पर्छ। उक्त हिम पर्वतमा दुई वटा विशाल हिमनदीका घाटी छन्। त्यसका तीनैपट्टि भाग वर्षभरि नपग्लिएको हिमबाट ढाकिएको छ। तर संरचना कमजोर भएकाले ढाकिएको हिम कुनै बेला पनि खस्नसक्छ यसकारण हिमनदी नै मुख्य सुरक्षाको उपाय बनेको छ। हिमनदी घाटीमा हिमले पूर्ण ढाकेपछि विस्तारै बाहिर निस्कन्छ अनि ठूलो हिम झरनाको रुपमा मिद्वी नदीको स्रोतमा पर्ने हिमनदीको घाटीमा खस्छ। उक्त हिम झरनाको उचाइ सात आठ सय मिटर छ। यो भव्य तथा विशेष देखिन्छ र यो दृश्य विश्वमा पनि दुर्लभ छ।

मिद्वी हिमनदीलाई हिम पर्वतबाट आएको हिम ड्रागनको रुपको रूपमा लिनसकिन्छ किनभने जताततै देखिने चाप आकारको हिमपात हिम ड्रागनको करङ जस्तो देखिन्छ। ती चाप आकारको हिमपात हिम झरना क्षेत्रमा संकलन हुनुको मुख्य कारण भनेको हिउँद तथा ग्रीष्म ऋतुबीचको ठूलो तापमानको अन्तर हो। मिद्वी हिमनदीमा यति विशेष र ठूलो मात्राको चाप आकारको हिमपातको अवस्था अरु हिमनदीमा देखिएको छैन त्यसैले यसलाई हिमनदी क्षेत्रको एक आश्चर्यजनक दृश्य मान्न सकिन्छ।

मिद्वी हिमनदी दुई वटा विश्व स्तरीय हिम झरना मिलेर बनेको हो। हिम झरनाबीच घनीभूत आदिम वनस्पति क्षेत्र पर्छ। माथि चमकदार र पारदर्शी हिम घाटी छ भने हिमनदीको तल्लो भाग एउटा घनीभूत चौडापात रूखका जङ्गल फैलिएका छन्। हिम पर्वत, हिमनदी, वनस्पति, ताल यी सबै यहाँ मेलमिलापयुक्त वातावरणमा रहेको देखिन्छ र स्वर्गलोकमा पुगेको जस्तो अनुभुति गराउँछ। हिमनदी नजिक धेरै तिब्बतीहरु बस्छन्। पुरानो तथा सरल तिब्बती शैलीका घर-भवन, घाँसे मैदानमा जेड जस्तो फैलिएर बसेका गाई-भेँडाहरु, वर्षभरि बादलमा लुकेको हिम पर्वत, थुप्रै खालका जङ्गली जनावरहरुबाट निकै धेरै चिनियाँ तथा विदेशी पर्यटकहरूलाई आकर्षित गरिएको छ।


1  2  
जानकारी तथा लेखहरु