|
|
|
|||||||||
|
||

उडान शुभारम्भ समारोहमा नेपालका लागि चिनियाँ राजदूत होउ यान छीले पैचिङ काठमाडौं प्रत्यक्ष उडान शुरू भएबाट राष्ट्राध्यक्ष सी चिनफिङले नेपालको भ्रमण गरेपछि व्यवहारमा उतारिएका उपलब्धीहरूमध्येको सबैभन्दा छिटो र पहिलो भएको बताउनुभयो।

हिमालय एयरलाइन्सका महाप्रवन्धक चौ अन युङले समारोहमा नेपालमा स्थापित एयरलाइन्सको रूपमा हिमालयले दुई देशका राजधानीबीच प्रत्यक्ष उडान शुरू गर्न सक्दो प्रयास गरेको जानकारी दिनुभयो।

त्यस्तै संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले यो प्रत्यक्ष हवाई उडानबाट नेपाल चीन सम्बन्धमा नयाँ अध्याय थप्ने विश्वास व्यक्त गर्नुभयो।
प्राप्त जानकारी अनुसार, हिमालय एयरलाइन्सले काठमाडौंदेखि छाङशा, क्वैयाङ, नानछाङ, छोङछीङ, शनचन, ल्हासा तथा न्यारीको प्रत्यक्ष उडानको पनि संचालन गर्ने योजना छ।
| © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |
|||||||||