फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

छुङछिनखादो

(GMT+08:00) 2019-10-30 09:59:19

सयौँ वर्षको इतिहास बोकेको नाछ्यु जिल्ला ल्हासाबाट तीन सय किलोमिटर उत्तरमा पर्छ। यस जिल्लाभन्दा उत्तरमा एउटा विशाल घाँसेमैदान छ जसलाई स्थानीयले छुङछिनखादो भन्छन्। त्यो तिब्बती जातिको वार्षिक घोडा प्रतियोगिता महोत्सव आयोजना गरिने ठाउँ पनि हो।

तिब्बती पात्रोअनुसार, हरेक सातौँ र आठौँ महिनाको बीचमा घोडा प्रतियोगिता महोत्सव सुरु हुँदा घाँसेमैदानमा आकस्मिक रुपमा हजारौँ पाल देख्नसकिन्छ। दशौँ माइल वरिपरिका पशुपालक परिवारले आ-आफ्नो पाल, खानेकुरा लिएर यहाँ भेला हुने गर्छन्। नजिकका गुम्बाहरूले समेत यहाँ आएर घोडा प्रतियोगितामा भाग लिन्छन्। तिनीहरुले सबभन्दा सुन्दर तथा सुन्दर पाल ल्याउँछन् जसबाट पूजा-आजा गर्न महोत्सवमा सहभागी कृषक तथा पशुपालकलाई सुविधा उपलब्ध गराउँछन्। विभिन्न गुम्बाका पालहरुमध्ये सबभन्दा भव्य पाल गेलुक सम्प्रदाय गुम्बाको हुन्छ त्यसै गरी निङमा सम्प्रदायको पाल पनि शानदार हुन्छ। साथै अरु सम्प्रदायका पाल पनि राम्रा हुन्छन्।

उत्तरी तिब्बती घाँसेमैदान तिब्बती बहादुर राजा गेसारले अधीनमा लिएको युद्ध मैदान हो। इतिहास बोकेको घाँसेमैदानका कारणले सयौँ वर्षयता नाछ्यु क्षेत्रमा घोडा चढ्ने बहादुर थुप्रै देखिएका छन्। उत्कृष्ठ घोडा होस् वा घोडा चढ्ने बहादुर होस् उक्त घोडा प्रतियोगिता महोत्सवमा संलग्न हुन छानिनुपर्छ। त्यसैले वरिपरि सयौँ माइलका पशुपालक तथा कृषक अनि जिल्ला, टाउनले सो महोत्सवलाई निकै उच्च ध्यान दिएका हुन्छन्। सो समयावधिमा तिब्बतमा पर्यटन वा तीर्थयात्रा गर्ने सबै जनाले सकेसम्म नाछ्युको छुङछिनखादो पुगेर तिब्बती वरिष्ठ घोडा र घोडा चढ्ने बहादुरको प्रदर्शन हेर्न छुट्याउनु हुँदैन।

1  2  
जानकारी तथा लेखहरु