फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#अल्पसंख्यक जाति# क्वी चौ प्रान्तीय पाउ चि म्याउ तथा यी जातीय बस्तीमा कृषि तथा पर्यटनको विकास 2

(GMT+08:00) 2019-11-05 16:01:24

लु च्या चाइ गाउँमा स्लेटमार्फत् बनाइएको बाटोमा घुम्दा ताजा तथा शीतल वायुको श्वासप्रश्वास गर्नुका साथै वनस्पतिमा किरा र चराको आवाज पनि सुनेर निकै आनन्द लाग्छ। त्यसैले यात्रुहरूले स्थानीय जीवनलाई एकदमै मन पराउँछन्।

यस्तो आनन्ददायी जीवनको निर्माण गर्न सजिलो होइन। धेरै गाउँलेको घरको ढोकामा फान चौ शहरीय गरिबी निवारण गर्न सहयोगी अधिकारीको कार्ड झुण्डिएको छ। यी कार्डमा गरिब परिवार र सम्बन्धित सहयोगी अधिकारीको ठोस सूचना र सहयोग कदमबारे लेखिएको छ। यी अधिकारीहरूले हरेक गाउँमा स्थानीय अधिकारीसँगै हरेक गाउँलेको घरको भ्रमण गरी गरिबी निवारण नीतिबारे व्याख्या गर्नुका साथै सक्दो प्रयासमा सहयोग दिने गर्दछन्।

चिनियाँ कम्युनिष्ट पार्टीअन्तर्गत फान चौ शहरीय पाउ ची बस्ती कमिटीका महासचिव ली चिनफिङले सन् २०१५ देखि पाउ ची बस्तीमा कार्य सुरू गर्नुभयो। केही वर्षयता उहाँले बस्तीका सबै क्षेत्रको भ्रमण गरेर बस्तीका हरेक गाउँको ठोस अवस्थाबारेमा जानकारी राख्नुभयो। गरिबी निवारण युद्धमा विजय हासिल गर्न सकिने उहाँलाई निकै ठूलो विश्वास छ। उहाँले यसरी भन्नुभयो-

"हाम्रो विचारमा गरिबी निवारण हावाजस्तै चरणवद्ध होइन। हामीले त्यसपछिको विकासको विचार गर्नुपर्छ। गरिबी निवारणको क्रममा हामीले कृषि योजना र खेतीपातीमार्फत् समस्याको समाधान गर्छौं। तर त्यसपछि कसरी विकास गर्ने, कसरी धनी बन्ने र कसरी विपन्न हुने, गाउँबस्तीको पुनरूत्थानमा हामीले कसरी भाग लिने? दीर्घकालबाट कृषि तथा पर्यटन कसरी मिलाउने? यी समस्याको विचार हामीले गर्छौं।"

पाउ ची बस्तीको क्षेत्रफल १ सय ४७ वर्ग किलोमिटर छ। त्यहाँको जनसंख्या ४ हजार ८ सय ५२ परिवार र १ लाख ५ हजार ३ सय ५८ जना छ। पाउ ची बस्तीमा उचाई भिन्नता बढी भएर 'कारस्ट ल्यान्डफॉर्म' र पहाडी क्षेत्र हो। पहिला त्यहाँ माटो बाँझो, खेती विकेन्द्रीकृत र यातायात नराम्रो भएर क्वी चौ प्रान्तका करिब बीस गरिबीग्रस्त गाउँ-बस्तीहरूमध्येको एक थियो। केही वर्षयता पाउ ची बस्ती सरकारले तत्स्थानको अवस्था अनुसार, पर्यावरणीय श्रेष्ठताको प्रयोग गरी चिया, नासपती, ओखर आदि फलफूल कृषिको विकास गरेर पूर्ण कृषि उत्पादन श्रृंखलाको निर्माण गरेको छ।

त्यसबाहेक बस्तीले "पानी, विद्युत, मार्ग, सञ्चार, घर-आवास र गाउँ" लगायत छ पक्षबाट स्थानीय आधारभूत प्रबन्धको निर्माण गरेको छ। सन् २०१७सम्म त्यहाँ हरेक गाउँमा कालोपत्रे सडक सञ्चालन भएको छ। साथै पूराना घर-आवास, प्रदूषणको निष्काशन प्रणाली, पानीको निष्काशन प्रणालीको मर्मत पनि पूरा भएको छ। त्यसबाहेक बस्तीले गरिबी निवारणका लागि फान चौ शहरबाट प्रस्तुत ऋण र बैकिंङ कार्यक्रमको प्रयोग गरी गरिबहरूको आम्दानी बढाएको छ।

हाल पाउ ची बस्तीले धान खेती होटेल, चट्टान होटेल, रूख घर होटेल, गुफा होटेल र होम्स्टे लगायत विशेषतायुक्त होटेल समूहको निर्माण गर्नुका साथै अनेकन पर्यटकीय दृश्यको खोजी तथा विकास गरेर स्थानीय पर्यावरणीय पर्यटनको विकास गरिरहेको छ।

भविष्यमा पाउ ची बस्तीमा विशेषतायुक्त कृषि उत्पादनलाई पर्यटन उत्पादन बनाएर अझ बढी चिनियाँ तथा विदेशी पर्यटकलाई आकर्षण गर्ने आशा चिनियाँ कम्युनिष्ट पार्टीअन्तर्गत फान चौ शहरीय पाउ ची बस्ती कमिटीका महासचिव ली चिनफिङले गर्नुभएको छ।

जानकारी तथा लेखहरु