फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

छ्याङथाङ पठार

(GMT+08:00) 2019-11-06 15:15:17

छ्याङथाङ पठारलाई उत्तरी तिब्बती पठार पनि भनिन्छ। किम्वदन्तीका अनुसार, त्यो पर्वत देवताको भूभाग हो र राजा गेसारले शैतान र भूतलाई पराजित गरेको ठाउँ पनि हो। छ्याङथाङ पठार न्यानचेनथाङ्कल्हा पर्वत श्रृंखला, खोलोन पर्वत श्रृंखला र कैलाशबाट घेरिएको छ। यहाँ अग्ला पहाड र धेरै तालहरु छन्। यहाँको दृश्य निकै विशेष छ। हाल उक्त विशाल क्षेत्रलाई संरक्षण क्षेत्रमा राखिएको छ। उक्त संरक्षण क्षेत्रमा नाछ्यु क्षेत्रको निमा जिल्ला, शनचा जिल्ला, बानग जिल्ला, श्वाङहु विशेष शासन क्षेत्र अनि आलि क्षेत्रको काइच, गचि आदि क्षेत्र समावेश छन्। हाल यो चीनको सबैभन्दा ठूलो प्राकृतिक संरक्षण क्षेत्र हो साथै ग्रीनल्याण्ड राष्ट्रिय पार्कपछिको विश्वको दोस्रो ठूलो प्राकृतिक संरक्षण क्षेत्र पनि हो।

छ्याङथाङ पठारमा प्रशस्त प्राकृतिक स्रोत छन् त्यहाँ तिब्बती हरिण, जङ्गली चौँरी गाई, हिम चितुवा, तिब्बती जङ्गली गधा, काल-कण्ठ सारस आदि दुर्लभ पशुपंक्षी बस्छन् तीमध्ये तिब्बती हरिणको संख्या चालीस हजार पुगेको छ, जङ्गली चौँरी गाईको संख्या दश हजारभन्दा बढी पुगेको छ, तिब्बती जङ्गली गधाको संख्या तीस चालीस हजारभन्दा बढी पुगेको छ भने एउटा साँच्चिकै जङ्गली जनावरको राज्य बनेको छ।

1  2  
जानकारी तथा लेखहरु