फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#आँखीझ्याल# चीन र बेलायतको सुनौलो युगमा दुई वटा शहरबीचको मित्रता

(GMT+08:00) 2019-11-08 15:46:32

पछि भिएलले चीनको ची नानको भ्रमण गर्नुभयो। ची नानका आठ सय वटा प्राकृतिक जलस्रोत स्प्रीङ वाटर अर्थात् मूल रसाएको पानीप्रति उहाँलाई अचम्म लाग्यो। उक्त मूल रसाएको पानीका कारण बाथ र ची नानले मैत्रीपूर्ण शहरको सम्बन्ध गाँसेका छन्। भिएल भन्नुहुन्छ "बाथ र ची नानले मूल रसाएको पानीका कारण मैत्रीपूर्ण शहरको सम्बन्ध गाँसेका छन्। यो एक सुन्दर प्रस्ताव हो। त्यसैले हामीले सुचारु रुपमा दस्तावेजमा हस्ताक्षर गरेका छौं। मैत्रीपूर्ण शहर एक राम्रो धारणा हो। दुई वटा शहरले एक अर्कासँग सिक्नसक्छन् र साझा विकास र साझा विजय प्राप्त गर्नसक्छन्।"

बाथको जनसंख्या नब्बे हजार छ। ची नानको जनसंख्या बाथको एक सय गुणाले बढी छ। ची नानले बाथको भावी विकासका लागि मद्दत दिनसक्ने छ। भिएल भन्नुहुन्छ "शहरको आकार र स्प्रीङ वाटरको संख्याको भिन्नताका कारण पर्यटक भित्र्याउने क्षेत्रमा पनि हामीबीच भिन्नता छ। हरेक वर्ष बाथको रोम स्पाको अवलोकन गर्न गएका पर्यटकको संख्या साठी लाख छ। तर ची नानको कुनै एक सानो पार्कमा पनि प्रति दिन दश हजारभन्दा बढी पर्यटकहरू जाने गर्छन्। त्यसैले ची नानसित मैत्रीपूर्ण शहरको सम्बन्ध गाँस्नु बाथका लागि आवश्यक छ।"

स्प्रीङ वाटरबाहेक, ची नान र बाथले वैज्ञानिक तथा प्राविधिक विकास क्षेत्रमा पनि सहयोगको चौतारो खोजेका छन्। दुई वटा शहरको सम्बन्धको विकासको साक्षीको हैसियतमा भिएल चीन-बेलायत स्प्रीङ वाटर शहरको वरिष्ठ व्यक्ति र वैज्ञानिक तथा प्रविधिक आदान-प्रदान केन्द्रका जिम्मेवार व्यक्ति हुनुहुन्छ। भिएल भन्नुहुन्छ "मैत्रीपूर्ण सम्बन्धको स्थापना भएपछि चीनले विज्ञान तथा प्रविधि क्षेत्रमा बाथसँग सहयोग गर्ने आशा लिएको छ। मैले ची नानको प्रतिनिधि मण्डललाई बाथ विश्वविद्यालयको भ्रमण गराएको छु।"

सन् २०१६ सेप्टेम्बर महिना बाथ र ची नानले मैत्रीपूर्ण शहरको दस्तावेजमा औपचारिक रुपमा हस्ताक्षर गरेका थिए। भिएल बेलायतको तर्फबाट उक्त दस्तावेजमा हस्ताक्षर गर्ने व्यक्ति हुनुहुन्छ। सन् १९८७ मा युनेस्कोले बेलायतको बाथलाई विश्व सम्पदाको सूचीमा राखेको थियो। बाथ हालसम्म बेलायतको एक मात्रै विश्व सांस्कृतिक सम्पदा शहर हो।


1  2  
जानकारी तथा लेखहरु