
नोभेम्बर ११ तारिख चाइना मिडिया ग्रुपले ल्याटिन अमेरिकाको सबैभन्दा बलियो मिडिया ग्रुप ब्राजील ग्लोबल मिडिया ग्रुपसँग एउटा सहकार्य सम्झौता पत्रमा हस्ताक्षर गरेको छ। आगामी दिनमा यी दुई पक्षले चलचित्र, खेलकुद, मनोरञ्जन र ५ जी प्रविधि लगायतका विभिन्न क्षेत्रहरूमा सहकार्य गर्ने योजना छ।

सोहि दिन चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको प्रसारण मन्त्रालयका उपमन्त्री एवम् चाइना मिडिया ग्रुपका प्रमुख सन हाइ स्युँले ब्राजीलको रियो दि जेनेरियोमा ब्राजील ग्लोबल मिडिया ग्रुपका निर्देशक रोबर्ट मारिनियोसँग वार्ता पनि गर्नुभएको थियो। यी दुई मिडिया ग्रुपहरूबीचको सहकार्यलाई आगामी दिनमा अझ बढी गहन बनाउने बिषयबारे उहाँहरूले वैचारिक आदान-प्रदान गर्नुभएको छ।