|
|
|
|||||||||
|
||

स्थानीय समयअनुसार, नोभेम्बर बाह्र तारिख राति चीनका राष्ट्राध्यक्ष सी चिन फिङ विशेष विमानद्वारा ब्रासिलिया पुग्नुभयो। उहाँले ब्रिक्स मुलुकका नेताहरूको एघारौं वार्तामा भाग लिनुहुने कार्यक्रम छ।
सी चिन फिङ र उहाँकी श्रीमती फङ ली युआन त्यहाँ पुग्दा ब्राजिल सरकारका उच्च स्तरीय अधिकारीहरूले उहाँहरूलाई स्वागत गर्नुभयो। ब्राजिलको वायु सेना अखडाका कमाण्डरले सी चिन फिङ जोडीलाई सलाम दिए।

तिङ स्युअ स्याङ, याङ च्येछ्, वाङ यी, ह ली फङलगायतका अधिकारीहरू पनि ब्राजिल पुग्नुभयो।
ब्राजिलका लागि चिनियाँ राजदूत याङ वान मिङ राष्ट्राध्यक्ष सीको स्वागतार्थ विमानस्थल जानुभएको थियो।
राष्ट्राध्यक्ष सी ग्रीसको राजकीय भ्रमण सम्पन्न भएपछि ब्रासिलिया पुग्नुभएको हो।
| © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |
|||||||||