फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन अन्तर्राष्ट्रिय आयात एक्स्पोका तीन शक्ति

(GMT+08:00) 2019-11-14 16:07:19

त्यसका साथै सीआईआईयीले सँस्कृति तथा सिद्धान्तको आदान-प्रदानद्वारा सहमति जुटाएर संरक्षणवादको विरोध गर्ने र अर्थतन्त्रको विश्वव्यापीकरणलाई समर्थन दिने बलियो शक्ति देखाएको छ।

अझ महत्वपूर्ण कुरा के हो भने सीआईआईयीले पूर्ण रूपमा विश्वलाई "साझा बाँड्फाँड्" सिद्धान्त देखाउनुका साथै मानव भाग्य समुदायको संयुक्त निर्माण गर्ने अभ्यास बनेको छ। चीनका राष्ट्राध्यक्ष सी चिनफिङले दोस्रो चीन अन्तर्राष्ट्रिय आयात एक्स्पोको उद्धाटन समारोहलाई सम्बोधन गर्दै अर्थतन्त्रको विश्वव्यापीकरणलाई अझ खुला, सहिष्णु, सार्वजनिक लाभान्वित, सन्तुलित र साझा विजयको दिशातिर विकास गरेर विकासको उपलब्धिलाई अझ बढी देश र सर्वसाधारणसमक्ष पुर्याउनुपर्ने कुरा औल्याउनुभयो। सीआईआईयी यो सिद्धान्तको ठोस अभ्यास हो। चीन अन्तर्राष्ट्रिय आयात एक्स्पोले विश्वलाई चीनको ठूलो बजारगत निहितशक्ति र उपभोग क्षमता देखाउनुका साथै खुलापनलाई क्रमशः बढाउने, अर्थतन्त्रको विश्वव्यापीकरण तथा स्वतन्त्र व्यापारलाई समर्थन दिने अठोट तथा गतिविधि पनि देखाएको छ। भविष्यमा चीनले निरन्तर रूपमा बजारगत खुलापनलाई बढाउन, खुलापन प्रणालीलाई पूरा गर्न, व्यापारको वातावरणलाई सुधार गर्न, बहुपक्षीय तथा द्वीपक्षीय सहयोगलाई गहन पार्न र "बेल्ट एण्ड रोड"को साझा निर्माणलाई अगाडि बढाउनुका साथै बजार, लगानी तथा वृद्धिमा अझ बढी मौकाको सिर्जना गरेर साझा विकासलाई साकार तुल्याउनेछ।


1  2  
जानकारी तथा लेखहरु