फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#आँखीझ्याल# पैचिङमा थाइल्याण्डको खाना रेस्टुरेन्ट संचालन गर्ने थाइल्याण्डका युवा

(GMT+08:00) 2019-11-29 15:00:39

चीनको राजधानी पैचिङमा विश्वका विभिन्न क्षेत्रको मिठो खाना पाइन्छ। थाइल्याण्डका युवक पोर्नथेप जोङपाइबुइटले सन् २०१५ मा पैचिङमा थाइल्याण्डको खाना पाइने रेस्टुरेन्ट खोलेका थिए। उनको रेस्टुरेन्ट पैचिङमा लोकप्रिय छ। विगत चार वर्षमा उनले हरेक वर्षमा एउटा शाखा खोलेका छन्। पैचिङबाहेकका अरु शहरका मानिसले उनीसँग भेटेर उनले अरु शहरमा थाइल्याण्डको खाना पाइने रेस्टुरेन्ट खोल्नसक्ने आशा व्यक्त गरेका छन्।

पोर्नथेप उत्तरी थाइल्याण्डको चियाङ राइमा जन्मेका हुन्। उनको जन्मथलोमा सुन्दर मन्दिरहरू भएका कारण चिनियाँ पर्यटकहरूले मन पराएका छन्। उनका अनुसार, उनको जन्मथलोमा चिनियाँ भाषाद्वारा लेखिने सडक चिन्ह देख्नपाइन्छ। माध्यमिक विद्यालयमा पढ्दा उनले चीन जाने आशा लिएका थिए। उनी भन्छन् "माध्यमिक विद्यालयमा पढ्दा विकासको मौका खोज्न चीन जाने आशा मैले लिएको थिएँ। स्नातक भएपछि मैले पनि चीन जाने आशा लिएका थिएँ। पहिले मैले चीनबारे जानकारी लिएको थिएन। तर मैले केही परिचय सामग्री देखेँ। मेरो विचारमा चीनमा रोजगार गर्दा राम्रो हुन्छ।"

गत शताब्दीको नब्बेको दशकको अन्त्यमा २३ वर्षीय पोर्नथेप अध्ययन गर्न पैचिङ भाषा विश्वविद्यालयमा आए। स्नातक भएपछि उनले चीनका लागि थाइल्याण्डको राजदूतावासमा रोजगारी पाए। उनले चीनमा पाएको यो पहिलो अवसर थियो। एकजना साथीले पोर्नथेपलाई पैचिङमा थाइल्याण्डको खाना पाइने रेस्टुरेन्ट संचालन गर्न सुझाव दिए। पोर्नथेपले उनको सुझावलाई स्वीकार गरे। पोर्नथेप भन्छन् "त्यस बेलामा पैचिङमा थाइल्याण्डको खान पाइने रेस्टुरेन्ट धेरै थिए। तर थाइल्याण्डको खानाको स्वाद प्रामाणिक थिएन। किनभने प्रायजसो मसला चीनका थिए। हामीले रेस्टुरेन्ट संचालन गर्दा मसला थाइल्याण्डबाट आयात गर्न थाल्यौँ।"

पोर्नथेपले पैचिङमा रेस्टुरेन्ट संचालन गरेको यति वर्षहरूमा चीन र थाइल्याण्डको आवात-जावत धेरै हुने गरेको छ। थाइल्याण्ड गएका चिनियाँ पर्यटकको संख्यामा बृद्धि भएको छ। सन् २०१८ मा थाइल्याण्ड घुम्न गएका चिनियाँ पर्यटकको संख्या एक करोडभन्दा बढी पुगेको थियो। अझै धेरै चिनियाँहरूले थाइल्याण्डको खान मन पराउँछन्। पोर्नथेपको रेस्टुरेन्टका पाहुना पैचिङका वासिन्दा श्रीमती ओ भन्छिन् "थाइल्याण्ड जानुअघि मैले पनि थाइल्याण्डको खाना मन पराएको छु। म तीनचारपटक थाइल्याण्ड गएकी छु। यहाँ थाल्याण्डको खाना राम्रो छ।"

पैचिङको खानाको ठूलो उपभोग बजार हेरेर पोर्नथेपले उनको रेस्टुरेन्टको परिमाणलाई विस्तार गर्ने निर्णय गरेका छन्। चीनको आन व्है प्रान्तमा पनि उनको रेस्टुरेन्ट छ। शाङहाई र शन चनका लगानीकर्ताहरूले पनि उनलाई रेस्टुरेन्ट खोल्न निमन्त्रण गरेका छन्।

पोर्नथेपले चीनमा बीस वर्षसम्म बसोबास गरिसकेका छन्। चीनमा ठूलो परिवर्तन भएको र विज्ञान तथा प्रविधि तीब्र रुपमा विकास भएको उनको महसूस छ। पोर्नथेपले एकजना चिनियाँ केटीसँग बिहे गरेका छन्। चालु वर्ष उनका जुम्ल्याहा छोरीहरू सात वर्षका भए। उनी भन्छन् "मैले पैचिङको फरक ऋतु मन पराएको छु, शरद ऋतु मन पराएको छु। यहाँको मौसम मन पराएको छु। म चीन आएको बीस वर्ष भइसक्यो। मैले सधैं नै चीनमा बसोबास गर्न मन पराएको छु। पहिले मैले चीनमा रेस्टुरेन्ट संचालन गर्ने विचार गरेको थिएन। मैले चीनमा सधैं नै रेस्टुरेन्ट संचालन गर्ने इच्छा छ।"

जानकारी तथा लेखहरु