|
|
|
|||||||||
|
||

मकाउ विशेष प्रशासनिक क्षेत्र स्थापना भएको बीसौं वार्षिकोत्सव समारोह २०१९ का अवसरमा आयोजित मकाउ लाइट उत्सव डिसेम्बर १ तारिखदेखि सुरू भएको छ। यो उत्सव एक महिना चल्नेछ।

स्पेन, पोर्तुगल, जापानलगायत मुलुक र चिनियाँ शनचेन तथा मकाउ आदि क्षेत्रका प्रतिनिधिमण्डल र सर्वसाधारणलाई उत्कृष्ट लाइट प्रदर्शन गरिएको छ।

मकाउ लाइट उत्सव मकाउ विशेष प्रशासनिक क्षेत्रीय पर्यटन बोर्डबाट आयोजना गरिनुका साथै शहरी विभाग, संस्कृति विभाग तथा खेलकुद विभागद्वारा संयोजन गरिएको हो।

मकाउ विशेष प्रशासनिक क्षेत्रीय पर्यटन बोर्डका प्रमुखले उद्धाटन समारोहमा सम्बोधन गर्दै यो लाइट उत्सव सन् २०१५ देखि सुरू भएर लाइटको कला, विज्ञान तथा प्रविधि, विशेषतायुक्त भवन, इतिहास तथा संस्कृति र मिष्ठान्न खाना मिलाएर मकाउको कथा सुनाएको बताउनुभयो।

| © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |
|||||||||