फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

ह्विलचेयरबाट सपना साकार

(GMT+08:00) 2019-12-03 18:39:50

४९ वर्षीय सुङ वै चुङ वल्लो शान्षी प्रान्तीय थाइयुआन शहरस्थित एक मनोवैज्ञानिक प्रशिक्षण स्कूलका प्रमुख हुनुहुन्छ। असाध्य रोगका कारण उहाँको पूरै शरीरमा दायाँ हातले मात्र काम गर्दछ।

१६ वर्षको उमेरदेखि उहाँले साहित्य तथा कार्टुन सिर्जनाद्वारा जीवन बिताइरहनु भएको छ। २६ वर्षको उमेरदेखि उहाँले परामर्श र उपचारको कार्य सुरू गरेर फरक क्षमता भएकाहरुलाई सहयोग गरिरहनु भएको छ। अरू फरक क्षमता भएकाहरूसँग कुराकानी गर्दा उनीहरू कार्य गर्नखोज्ने इच्छा सुनेर उहाँले हाउसकिपिङ कम्पनी, असक्षम उद्यमशीलता र रोजगार सेवा केन्द्र तथा पुनर्वासको सेवा केन्द्रलगायत तीन कम्पनी र मनोवैज्ञानिक प्रशिक्षण स्कुल तथा व्यावसायिक प्रशिक्षण स्कुललगायत दुई स्कुलको स्थापना गर्नुभएको छ।

हालसम्म लगभग पाँच हजार जना फरक क्षमता भएकाहरूले उहाँबाट सहयोग पाइरहेका छन्।

जानकारी तथा लेखहरु