फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अन्तर्राष्ट्रिय प्रदर्शनी व्यूरोद्वारा पैचिङ अन्तर्राष्ट्रिय बागवानी मेलाको उच्च मूल्यांकन

(GMT+08:00) 2019-12-16 16:34:09

सन् १९९९मा खुन मिङ अन्तर्राष्ट्रिय बागवानी मेलाको आयोजना गरिएपछि चीनले अन्तर्राष्ट्रिय बागवानी मेलाको आयोजना गरेको यो पहिलो पटक हो। त्यसैले यसलाई उच्च महत्व दिइएको हो। सात वर्षको तयारी कार्यपछि पैचिङले १०० भन्दा बढी बाह्य प्रदर्शनी क्षेत्र तथा ५४ घरेलु प्रदर्शनी क्षेत्रको निर्माण गरी ९३ लाख ४० हजार भन्दा बढी चिनियाँ तथा विदेशी पर्यटकलाई आकर्षित गरेको थियो। पैचिङ अन्तर्राष्ट्रिय बागवानी मेला अहिलेसम्म सबैभन्दा ठूलो परिमाणको एउटा अन्तर्राष्ट्रिय बागवानी मेला बनेको छ। यसका अतिरिक्त, चीनले सो भव्य मेलामार्फत विश्वलाई हरित विकासको अवधारणा अभिव्यक्त गरेको छ। अन्तर्राष्ट्रिय प्रदर्शनी व्यूरोका चिनियाँ प्रथम प्रतिनिधि, चिनियाँ व्यापार प्रवर्द्धन संघका उप-प्रमुख चाङ शन फङले सो पूर्ण बैठकलाई सम्बोधन गर्दै भन्नुभयो,

पैचिङ अन्तर्राष्ट्रिय बागवानी मेलाले हरित विकास सम्बन्धी चिनियाँ अवधारणाबारे व्याख्या गर्नुका साथै सुन्दर चीनको निर्माणको उपलव्धी प्रदर्शन गरेको छ। सो मेलाले विश्वका विभिन्न मुलुकहरुलाई यस चौतारोमा पर्यावरणीय सभ्यताको उपलब्धी तथा विभिन्न अवधारणाहरु बीचको आदान-प्रदान तथा सहयोग तथा हातमा हात मिलाएर हरित घरबारको निर्माण गर्न अघि बढाएको छ।

पैचिङ अन्तर्राष्ट्रिय बागवानी मेला समाप्त भएपछि चिनियाँ हल तथा अन्तर्राष्ट्रिय हल लगायत मुख्य रंगशालाको निरन्तरता रहनेछ। बागवानी क्षेत्रलाई कम कार्बन, उर्जाको किफायत तथा वातावरणीय संरक्षण गर्ने खालको पर्यावरणीय सभ्यताको नमूना अखडाको निर्माण गरिनेछ।

पैचिङ अन्तर्राष्ट्रिय बागवानी मेलाको सफल आयोजनाले विश्वको बागवानी इतिहासमा गहिरो "चिनियाँ छाप" पारेको छ। अन्तर्राष्ट्रिय प्रदर्शनी व्यूरोका सचिव भिसेन्ट लोस्टेल्सले त्यसको उच्च मूल्यांकन गर्दै भन्नुभयो,

पैचिङ अन्तर्राष्ट्रिय बागवानी मेला एकदम रोचक र धेरै सफल रहेको छ। अन्तर्राष्ट्रिय बागवानी मेलाको इतिहासमा यो सबैभन्दा उत्कृष्ट भव्य मेला हुनसक्छ। जसबाट वातावरणीय समस्याको समाधान तथा हरित जीवनका लागि हरेक नागरिकको सहभागिता हुनुपर्ने हाम्रो चेतना अरु स्पष्ट भएको छ।


1  2  
जानकारी तथा लेखहरु