फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#अल्पसंख्यक जाति# कसैले पनि सिनच्याङको स्थिरता तथा सुदृढ विकासलाई रोक्न सक्दैन

(GMT+08:00) 2019-12-17 10:07:26

हालै अमेरिकी तल्लो सदनबाट तथाकथित 'युगुरमानव अधिकार सम्बन्धी कानुनी मस्यौदा २०१९' पारित भएको हुनाले सिनच्याङ युगुर स्वायत्त प्रदेशको विषय ज्यादै ध्यानाकर्षित छ। डिसेम्बर ९ तारिख चीनको सिनच्याङ युगुर स्वायत्त प्रदेश चिनियाँ कम्युनिष्ट पार्टीका उपसचिव एवं प्रदेश सरकारका अध्यक्ष स्वे क्लेथी चागलले चीनको राज्य परिषदको प्रेस कार्यालयले आयोजना गरेको पत्रकार सम्मेलनमा सिनच्याङको जानकारी दिनुभयो।

पत्रकार सम्मेलनमा सिनच्याङ युगुर स्वायत्त प्रदेश चिनियाँ कम्युनिष्ट पार्टीका उपसचिव एवं प्रदेश सरकारका अध्यक्ष स्वेक्लेथी चागलले सिनच्याङ क्षेत्रको स्थिरता तथा सुदृढ विकास र क्षेत्रीय विभिन्न जातीय जनताको मैत्रीपूर्ण सम्बन्धलाई कुनै पनि शक्तिले भत्काउन नसक्ने बताउनु भएको छ। साथै उहाँले हालै अमेरिकी प्रतिनिधिसभाले "सन् २०१९ युगुर मानवअधिकारको राजनीति" शीर्षक प्रस्ताव प्रस्तुत गरेर अन्तर्राष्ट्रिय कानुन तथा अन्तर्राष्ट्रिय सम्बन्धको गम्भिर उल्लंघन गरेको र चिनियाँ आन्तरिक मामिलामाथि गम्भिर हस्तक्षेप भएको पनि व्यक्त गर्नुभएको छ।

अध्यक्ष स्वेक्लेथी चागलका अनुसार, सिनच्याङ युगुर स्वायत्त प्रदेश चीनको पश्चिमी क्षेत्रको एउटा महत्वपूर्ण क्षेत्र हुनुका साथै "बेल्ट एण्ड रोड" शीर्षक प्रस्तावको एउटा महत्वपूर्ण केन्द्र रहेको छ। चीनले सिनच्याङको क्षेत्रीय आर्थिक तथा सामाजिक विकासका लागि विशेष रणनीति बनाउनुका साथै चिनियाँ केन्द्रीय वित्तले हरेक बर्ष सिनच्याङमा ४ खर्ब चिनियाँ युआन प्रदान गर्दै आएको छ। यसका साथै चीनका १९ वटा विभिन्न प्रान्त तथा शहरहरूले हरेक बर्ष सिनच्याङ युगुर स्वायत्त प्रदेशमा गरेको लगानी रकम १५ अर्ब चिनियाँ युआन पुगेको पनि उहाँले जानकारी दिनुभएकोछ। केही वर्षयता सिनच्याङको समाज स्थिर, अर्थतन्त्र विकसित, जाति एकिकृत, धर्म मेलमिलाप, जन-जीवन सुधारित र बसाइ तथा रोजकार सुखमय रहेको छ।

"हाल सिनच्याङको शान्ति तथा थिरता हुन गाह्रो छ। विगत केही समयमा सिनच्याङमा हिंसात्मक तथा आतङ्कवादी घटना धेरै भएर विभिन्न जातीय सर्वसाधारणको जीवनअधिकार तथा विकास अधिकार गम्भीर रूपमा उल्लंघन भएको थियो। हामीले समाजवादी कानुनी शासनबमोजिम हिंसात्मक आतङ्कवादी अपराधमाथि कडा प्रहार गर्नुका साथै जन-जीवनको सुधार गर्ने, कानुनी शासनको प्रसार तथा शिक्षणलाई सबल पार्ने, व्यावसायिक कौशल शिक्षा र प्रशिक्षणकेन्द्रको स्थापना गर्ने आदि तरिकाद्वारा आतङ्कवादको विरोध गर्ने र उग्रवाद हटाउने कार्य गरेका छौँ। जसले सिनच्याङ समाजको स्थिरता तथा शान्तका लागि सुदृढ आधार तयार गरेको छ। हालसम्म सिनच्याङमा निरन्तर तीन वर्षमा हिंसात्मक आतङ्कवादी घटना भएको छैन। विभिन्न जातीय सर्वसाधारणमा सुखमय जीवन र सुरक्षा महसुस स्पष्ट रूपमा बढेको छ।"

उहाँका अनुसार, चिनियाँ कम्रयुनिष्ट पार्टीको अठारौं महाधिवेशनयता सिनच्याङको कुल उत्पादन मात्रा हरेक वर्ष सरदर ८.५ प्रतिशतले वृद्धि भएको छ। शहर तथा बस्तीमा प्रतिव्यक्ति डिस्पोजेबल आय हरेक वर्ष सरदर ८.४ तथा ८.२ प्रतिशतले वृद्धि भएको छ। सन् २०१८ मा सिनच्याङमा यात्रा गर्ने चिनियाँ तथा विदेशी यात्रुको संख्या बीस करोड पुगेर सन् २०१७ को तुलनामा ४० प्रतिशतले बढेको छ। सन् २०१४ देखि सिनच्याङमा २३ लाख ८५ हजार ३ सय जना गरिबीबाट मुक्त भएका छन्। गरिबी दर सन् २०१४ को २२.८४ प्रतिशतबाट घटेर ६.५१ प्रतिशत पुगेको छ।

तथाकथित 'युगुर मानव अधिकार सम्बन्धी कानुनी मस्यौदा २०१९' बारे अध्यक्ष स्वेक्लेथी चागलले यसरी भन्नुभयो-

"यसले अन्तर्राष्ट्रिय कानुन तथा सम्बन्धको आधारभूत नियममाथि गम्भीर रूपमा उल्लंघन गरेको छ। यो चिनियाँ आन्तरिम मामिलामाथि कडा हस्तक्षेप हो। चीनले सिनच्याङ स्वायत्त क्षेत्रमा आतङ्क तथा उग्रवाद विरूद्ध चलाएका गतिविधिहरू विश्वमा अमेरिकासहित धेरैजसो मुलुकहरूले आतङ्कवाद तथा उग्रवाद विरूद्ध चलाएका कार्यभन्दा कुनै फरक नभएको पनि उहाँले बताउनुभयो। केही अमेरिकीहरूले आफ्नो पूर्वाग्रहलाई त्याग्नुपर्ने तथा आतङ्कवाद र उग्रवादको विरोध कार्यमा "फरक मापदण्ड" प्रयोग गर्नु हुँदैन।"

सिनच्याङका पूरै सर्वसाधारणले सक्दो प्रयासमा सिनच्याङको निरन्तर स्थिरतालाई कायम राख्ने र कुनै बाह्य शक्तिसँग यस्तो आत्मविश्वास तथा अठोट दखल दिने क्षमता र अधिकार नहुने कुरा युगुर स्वायत प्रदेशका उपाध्यक्ष एर्केन टुनियाचले बताउनुभयो।

आवाज 3

"विश्वमा कुनै देशको निर्माण तथा विकासका लागि स्थिर अन्तर्राष्ट्रिय तथा स्वदेशीय वातावरण आवश्यक छ। स्थिरता विकासको पूर्व-आधार र प्रत्यमूमि हो। विकास स्थिरताको आधार र समर्थन हो। वर्तमान समाजको स्थिरताले आर्थिक विकासका लागि वातावरणको सिर्जना गरेको छ।"

जानकारी तथा लेखहरु