फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

खुला विश्व अर्थतन्त्रको निर्माणमा चीनको प्रयास

(GMT+08:00) 2019-12-26 15:38:55

उक्त कदममा मासुको आयात भन्सार कर घटाएर चीन सरकारले नागरिक जीवनको मागलाई प्रथम स्थानमा राखेको प्रतिबिम्बित भएको छ। हाल अफ्रिकाको स्वाइन फ्लू आदि कारक तत्वको प्रभावमा परी चीनमा मासुको मूल्य बढेको छ। चीनले धेरै कदम चाल्दै मासुको आपूर्ति र मूल्यलाई स्थिर बनाएको छ। यस पटकको मासुको भन्सार कर घटाउनु यी कदमहरुमध्ये एक महत्वपूर्ण विषय हो।

उन्नत प्रविधिको उपकरण र कच्चा मालमा भन्सार कर घटाएर चीनले उद्योगको अध्यावधिक प्रवर्द्धन गर्ने प्रयास गरिरहेको छ। चीनले विश्वको सूचना प्रविधिको आयातको सेवा लिन्छ। उक्त कदमले सम्बद्ध व्यवसायको उत्पादन लागतलाई घटाउने छ। जसबाट भावी उच्च गुणस्तरको विकासका लागि हितकर हुनेछ।

चालु वर्षको नोभेम्बरमा चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले दोस्रो चीन अन्तर्राष्ट्रिय आयात एक्स्पोको उद्घाटन समारोहलाई सम्बोधन गर्नुभएको थियो। उहाँअनुसार चीनले भन्सार कर र संस्थागत लागतलाई घटाउँदै विभिन्न मुलुकका लागि उच्च गुणस्तरको सामग्री र सेवा आयातलाई विस्तार गर्नेछ। आयात भन्सार कर घटाउनु नै चीनले लगातार आफ्नो खुलापन बचनबद्धतालाई व्यवहारमा उतार्दै विभिन्न मुलुकसँग साझा फाइदा खोज्ने महत्वपूर्ण कदम हो।

मुख्य उल्लखनीय विषय के हो भने चीनले निरन्तर रुपमा चीनसँगको दौत्य सम्बन्ध स्थापना गरेर औपचारिक लिखित सम्झौता सम्पन्न भएका सबैभन्दा अल्प विकसित मुलुकका लागि विशेष सहुलियत भन्सार करको कदम लागू गर्दै जानेछ। बजार झनझन बढी विशाल,उपभोक्ता शक्ति झनझन फराकिलो,खुलापन झनझन विस्तार हुँदै गएको चीनले विभिन्न मुलुकको श्रेष्ठ उत्पादन बस्तुका लागि अझ व्यापक चौतारो सिर्जना गर्दै जानेछ।


1  2  
जानकारी तथा लेखहरु