फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#आँखीझ्याल# विश्वको पहिलो "लुबान कार्यशाला" व्यावसायिक शिक्षाको अन्तर्राष्ट्रियकरणको नयाँ मोडेल

(GMT+08:00) 2020-01-03 09:16:14

सन् २०१६ मार्च ८ तारिख विश्वको पहिलो "लुबान कार्यशाला" थाइल्याण्डको अयोध्या प्रविधि कलेजमा स्थापना भएको थियो। अयोध्या प्रविधि कलेज थाइल्याण्डको दीर्घकालीन इतिहासको व्यावसायिक प्रविधि कलेज हो।

अयोध्या प्रविधि कलेजका निर्देशक जेरून योब्रोमले पत्रकारलाई बताएअनुसार, केही वर्षअघि राजकुमारी महा चक्री सिरिन्धोनले चीनको भ्रमण गर्नुभएको क्रममा थ्येन चिनको व्यावसायिक शिक्षाको विकास अवस्थाको निरीक्षण गर्नुभएपछि थाइल्याण्डको व्यावसायिक शिक्षाका व्यवस्थापकहरूले थ्येन चिन गइ त्यहाँ निरीक्षण गर्ने आशा व्यक्त गर्नुभएको थियो। त्यसपछि थाइल्याण्डको व्यावसायिक शिक्षा समितिले आठ वटा व्यावसायिक प्रविधि कलेजका निर्देशकहरूलाई निरीक्षण गर्न चीनको थ्येन चिन पठाएको थियो। अयोध्या प्रविधि कलेज ती आठ वटा कलेजमध्येको एक हो। त्यस पटकको भ्रमणको दौरान थाइल्याण्डले थ्येन चिनका अनेकौं व्यावसायिक कलेजहरूसँग सहयोगसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेको थियो। जेरून भन्नुहुन्छ "सन् २०१५ देखि हालसम्म दुई पक्षले विद्यार्थीहरूको पारस्परिक भ्रमण र तालिम परियोजनाको आयोजना गरेका छन्। थ्येन चिनका व्यावसायिक विद्यालयहरूले केही उपकरण थाइल्याण्डलाई उपलब्ध गराएका छन् साथै प्रशिक्षण स्तरलाई माथि उकास्न मद्दत गरेका छन्।"

सन् २०१६ अप्रिल ८ तारिख विश्वको पहिलो "लुबान कार्यशाला" थाइल्याण्डको अयोध्या प्रविधि कलेजमा विधिवत रुपमा स्थापना भएको थियो। थ्येन चिनको शिक्षा समितिले अयोध्या प्रविधि कलेजका विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराएको छ। साथै अयोध्या प्रविधि कलेजका विद्यार्थीहरूले थ्येन चिन पो हाई व्यावसायिक प्रविधि कलेजमा अध्ययन गर्ने मौका पाएका छन्। जेरून भन्नुहुन्छ ""लुबान कार्यशाला"को प्रभाव दक्षिण-पूर्वी एशियाली मुलुकहरू र अफ्रिकातर्फ फैलिएको छ। भियतनाम, मलेशिया, इन्डोनेशिया, पूर्वी टिमोर, पाकिस्तान, दक्षिण अफ्रिकालगायतका मुलुकहरूका व्यावसायिक कलेज र विद्यालयहरूले पनि प्रतिनिधिहरूलाई यहाँ अवलोकन गर्न पठाएका छन्।"

थाइल्याण्डको अयोध्या प्रविधि कलेजको "लुबान कार्यशाला" चीनले विदेशमा स्थापना गरिएको पहिलो "लुबान कार्यशाला" हो। यो सहयोग ढाँचा थाइल्याण्डमा सफल भएको छ। त्यसपछि यो ढाँचा बेलायत, भारत, इन्डोनेशिया, कम्बोडिया, अफ्रिकातर्फ पनि प्रचार-प्रसार गरिएको छ। हालसम्म विश्वका आठ वटा मुलुकले "लुबान कार्यशाला"को स्थापना गरेका छन्। जेरून भन्नुहुन्छ "द्रुत गतिको रेल वा थाइल्याण्डको पूर्वी आर्थिक करिडोरको निर्माण क्रममा लुबान कार्यशाला एक चौतारो हो। विद्यार्थीहरूले चीनको प्रविधि सिक्नुका साथै चीनको वर्तमान वैज्ञानिक तथा प्राविधिक विकासबारे जानकारी लिएका छन्। कसैले पुरानो विचारमार्फत चीनको मूल्यांकन गरेको खण्डमा हाम्रा विद्यार्थीहरूले उनीहरूलाई वर्तमान चीनको अवस्थाबारे जानकारी दिने छन्।"

सन् २०१८ जुलाई २० तारिख थाइल्याण्डको अयोध्या प्रविधि कलेजको "लुबान कार्यशाला"को तेस्रो चरणको परियोजना अर्थात् लुबान कार्यशाला रेलमार्ग व्यावसायिक कलेज केन्द्रको स्थापना गरिएको थियो। यो केन्द्रले थाइल्याण्डका लागि द्रुत गति क्षेत्रका लागि प्राविधिक तालिम दिने छ। प्रशिक्षण क्रममा थाइल्याण्डका शिक्षक-शिक्षिका र विद्यार्थीले नबुझेको खण्डमा चिनियाँ शिक्षक-शिक्षिकाले आनलाइनमार्फत् प्रश्नको जवाफ दिने गर्दछन्।

थ्येन चिन पो हाई व्यावसायिक कलेजअन्तर्गत मेकानिकल र इलेक्ट्रिकल ईन्जिनियरिंग विभागका प्रमुख चङ युङ फङले थाइल्याण्डमा पठाइएको पहिलो खेपका चिनियाँ शिक्षक-शिक्षिकामध्येको एक हुनुहुन्छ। उहाँकाअनुसार, लुबान कार्यशालाको स्थापना भएयता थाइल्याण्डका लागि हजारौं विद्यार्थीलाई तालिम दिइसकेको छ। लुबान कार्यशाला चीन र विदेशको व्यावसायिक शिक्षाको सहयोगको नयाँ मोडेल बनेको छ।

जानकारी तथा लेखहरु