फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

रोमका उच्च माध्यमिक विद्यालयका विद्यार्थी चङ यान खको चिनियाँ कथा

(GMT+08:00) 2020-01-13 15:39:06

इटालीको उच्च माध्यमिक विद्यालयमा चङ यान ख नाम भएका एक जना विद्यार्थी छन्। हालै उनले चीनको चङ चौ शहरमा आयोजित "चिनियाँ पूल" विश्व माध्यमिक विद्यालयको चिनियाँ भाषा प्रतियोगिता जितेका छन्। उनले चीनको अनुभवबाट आफू निरन्तर रुपमा हुर्कंदै आएको र अरु बढी आत्मविश्वास भएको भन्दै चीनको खुलापन तथा समाविष्टिको महसूस आफूले गरेको बताउनुभएको छ।

१७ वर्षीय चङ यान ख रोम राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थी हुन्। सन् २०१९ उनका लागि विर्सननसक्ने वर्ष बनेको छ। यस वर्ष उनले इटालीको तर्फबाट चीनमा आयोजित बाह्रौं "चिनियाँ पूल" विश्व माध्यमिक विद्यालयको चिनियाँ भाषा प्रतियोगितामा भाग लिएका थिए। दुई हप्तासम्म चलेको धेरै चरणको प्रतिस्पर्धामा उनले अन्त्यमा १०५ मुलुकका १२४ जना प्रतिनिधिलाई पछाडि छोडेर उत्कृष्ट उपलब्धि हासिल गरी विजयी अर्थात् च्याम्पिएन भएका छन्। यसबारे चर्चा गर्दै उनी भन्छन्,

मेहनत गरेपछि मात्र उत्कृष्ट उपलब्धि हासिल गर्न सकिन्छ। पहिले विश्व च्याम्पिएन भन्ने कुरा मबाट धेरै टाढा जस्तो लागेको थियो। त्यसैले जुनसुकै कुरा पनि हुनसक्छ, सम्भव छ। अर्को कुरा भनेको यस प्रतियोगितामार्फत मैले विश्वका युवाहरुसँग सम्पर्क गर्न पाएको छु। मसँग उनीहरुको वि च्याट छ। हामीलाई समान विषयप्रति चासो छ। मेरो विचारमा युवाहरुको विचारमा ठूलो भिन्नता छैन।

चङ यान ख राम्रो चिनियाँ भाषा बोल्छन्। उनले हस्तलेखन तथा थाई चीबारे धेरै जानकारी लिएका छन्। पाँच वर्षअघि उनले चीन र चिनियाँ भाषाबारे जानकारी लिन थालेका थिए। त्यस बेला प्रसिद्ध रोम उच्च माध्यमिक विद्यालयले चिनियाँ भाषा तथा चिनियाँ संस्कृति सम्बन्धी पढाई शुरु गरेको थियो। सन् २०१९को मार्च महिनामा चीनका राष्ट्राध्यक्ष सी चिन फिङले इटालीको राजकीय भ्रमण गर्न लागेको बेलामा रोम राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थीहरुले उहाँलाई एउटा चिट्ठी लेखेका थिए जसको राष्ट्राध्यक्षबाट जवाफी चिट्ठीसमेत पाएका थिए। ती विद्यार्थीहरुमध्येको एक चङ यान खलाई आश्चर्य लाग्यो। उनी भन्छन्,

हामीलाई चिनियाँ भाषा पढाउने तथा चीनबारे जाकारी दिने अवसर प्रदान गरेकोमा धन्यवाद गर्न हामीले त्यो चिट्ठी लेखेका थियौं। तथापि राष्ट्राध्यक्ष सी चिन फिङले हामीलाई जवाफी चिट्ठी लेख्नुभएकोमा हामीलाई आश्चर्य लाग्यो। अहिलेसम्म उहाँको जवाफी चिट्ठीको अन्तिम वाक्य "असल युवाकालमा अर्थपूर्ण काम गर्नुपर्छ" मेरो यादमा छ। हामी युवाहरु सँगै मिलेर विश्वलाई अरु सुन्दर पार्न प्रयास गर्नसक्ने आशा उहाँले राख्नुभएको छ।

वितेका पाँच वर्षदेखि चङ यान खले हरेक वर्ष चीनको यात्रा गर्दैआएका छन्। चीनबारे उनको जानकारी ग्रेटवाल र पाण्डामा मात्रै सिमित छैन। केही वर्षदेखि चीनमा भएको फड्को मार्ने विकासले उनको मनमा गहिरो छाप परेको छ। चिनियाँ भाषा उनको दैनिकी बनेको छ साथै चिनियाँ संस्कृति उनको विचारको एउटा महत्वपूर्ण भाग बनिसकेको छ। उनी भन्छन्,

एउटा रोचक चलचित्र जस्तै छ। पहिलो पटक चलचित्र हेर्दा त्यसको कथाबारे जानकारी पाइन्छ। दोस्रो पटक हेर्दा अरु बढी विस्तृत विषयबारे थाहा पाइन्छ। र तेस्रो पटक हेर्दा चलचित्र बनाउने सिपलाई ध्यान दिइन्छ। चीनको भ्रमण गर्दा मेरो अनुभव पनि यस्तै हो। हरेक पटक मैले फरक विषय पत्तो लगाएको छु। मेरी आमा शाङहाईमा काम गर्नुहुन्छ। उहाँले सडकमा हिंड्दा सधैं नयाँ अग्लो भवन फेला पार्नुहुन्छ।

जानकारी तथा लेखहरु