फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#आँखीझ्याल# "औंला अर्थतन्त्र" बाट रोजगारी पाउनुका साथै गरिबी मुक्त भए ग्रामीण महिला

(GMT+08:00) 2020-01-17 16:00:57

"ती वर्षहरूमा ग्रामीण क्षेत्रको जीवन निकै कठिन थियो। महाप्रबन्धक स्यूले मलाई मद्दत गर्नुभयो। मेरो वरिपरिका महिलाहरू पनि मजस्तै नै थिए। उनीहरूको जीवनमा पनि धेरै कठिनाइ थियो। मैले उनीहरूलाई मद्दत गरें। बुनाइको काम गरेपछि उनीहरूको जीवन क्रमशःराम्रो बन्दैगएको छ। मैले अरु व्यक्तिहरूलाई सहयोग गर्ने मौका पाएँ। मलाई खुशी लागेको छ।"

छाङ चौ शहरको यान शान जिल्लाको खुङ अर छ्वै हाल २८ वर्षकी पुगिन्। उनी विकलांग छिन्। स्यू आइ च्युको बुनाइ घरले उनको जीवनका लागि एक झ्याल खोलेको छ। खुङ अर छ्वैकाअनुसार, खुट्टा लचिलो नभएका कारण उनले नयाँ मिडियाको चौतारोमार्फत आफ्नो बुनाइ वस्तुको बिक्री गर्ने निर्णय गरेकी छिन्। उनको यो विचार स्यू आइ च्युद्वारा समर्थन दिइएको छ। हाल उनको एक महिनाको आम्दानीमा एक हजार चिनियाँ युआन वृद्धि भएको छ। खुङ अर छ्वै भन्छिन् "विकलांगले रोजगारी पाउन निकै अप्ठ्यारो छ। रोजगारी पाएकोमा म सन्तुष्ट छु र खुशी छु। मैले पैसा कमाउनसक्छु भन्ने विश्वास बढेको छ। ती हस्तकलात्मक वस्तु हेरेर मलाई निकै खुशी लाग्छ। मेरो विचारमा मेरो जीवनमा सूर्यको प्रकाश फैलिएको छ।"

पन्ध्र वर्षको विकासपछि स्यू आइ च्युद्वारा स्थापित बुनाइ वस्तु कम्पनी प्रारम्भिक प्रशोधन घरबाट विस्तार हुँदै बुनाइ वस्तु कम्पनी बनेको छ। शुरुमा उनको प्रशोधन घरमा चौध, पन्ध्र जना कर्मचारी थिए र चार, पाँच किसिमका वस्तु मात्र उत्पादन हुन्थ्यो। हाल उनको कम्पनीले एक हजार थरिका वस्तु उत्पादन गर्दैआएको छ। स्यू आइ च्यु भन्छिन् "धेरैले मेरो कम्पनीको वेबसाइट हेरेको देख्दा र प्रयासमार्फत आफूले प्राप्त गरेका उपलब्धिहरू सम्झंदा म मेरो खुशीको वर्णन गर्न सक्दिन।"

बताएअनुसार, ह पै प्रान्तीय छाङ चौ शहरले हालैका वर्षहरूमा हस्त कलामा निर्भर भएका महिलालाई गरिबीबाट मुक्त हुन प्रोत्साहन गरिरहेको छ। छाङ छौ शहरले हस्त प्रशोधन संघ, स्मार्ट हातहरू कार्यशालाको स्थापना गरेको छ। स्थानीय एक लाख महिला हस्त कलामा निर्भर भएर गरिबीबाट मुक्त भएका छन्।


1  2  
जानकारी तथा लेखहरु