फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

महामारी प्रकोपमा डिजिडल अर्थतन्त्रको भूमिका अझ स्पष्ट

(GMT+08:00) 2020-02-06 10:37:57

कोरोना भाइरसको प्रतिरोधका लागि चीनले गम्भीर कदम चलाएको छ। जनताको आवागमन र भेलालाई घटाउनु नै कोरोना भाइरसको संक्रमणलाई रोक्ने सबैभन्दा राम्रो उपाय हो। चिनियाँ बसन्त चाडको अवधिमा लोकप्रिय उपभोग्य स्थलमा हुने भीडभाडको द्दश्य यो पटक देखिएन। जसले विदेशी क्षेत्रले चीनको आर्थिक बृद्धिका लागि चिन्ता व्यक्त गरेका छन्। वास्तवमा इन्टरनेट अर्थतन्त्र उच्च गतिले विकसित भएको आजको अवस्थामा जनताले घरमै सामान्य काम,सिकाई र उपभोग गर्नसक्छन्। डिजिडल अर्थतन्त्रले चीनको समाजको अपरेशनलाई प्रत्याभूति गर्ने महत्पपूर्ण समर्थन शक्ति दिँदै आएको छ।

हाल चीनका विभिन्न ई-वाणिज्य प्लेटफर्मले आपूर्ति शृङ्खलाको श्रेष्ठताको प्रयोग गर्दै बिक्री सामग्री स्रोतसाधनको संकलन गर्दै यस विशेष अवधिमा बजारमूलक आपूर्तिका लागि सक्रिय भूमिका सिर्जना गर्दछ। केही ई-वाणिज्य प्लेटफर्मको तथ्याङ्क अनुसार बसन्त चाडका अवधिमा अन्न र तेल जस्तै जैविक सामग्रीको माग स्पष्ट बढ्दै गएको छ। तरकारीको बिक्री मात्रा गत वर्षको सोही अवधिको तुलनामा ७.५ गुणाले बढेको छ। यसका साथै भिडियो, प्रत्यक्ष प्रसारण, अनलाइन खेल, अनलाइन शिक्षा आदि उद्योगहरू पनि ठूलो परिमाणमा बढेका छन्।

1  2  3  
जानकारी तथा लेखहरु