फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

फु थो पहाड

(GMT+08:00) 2020-02-12 14:27:17

फु थो पहाडमा धेरै दृश्यावलोकन स्थलहरु छन। त्यहाँका फु चि, फा यु र ह्वि चि नामका तीनवटा ठूला बौद्ध विहार निकै प्रशिद्ध छन। फु चि बौद्ध विहारको निर्माण सुँग वंशकालमा गरिएको थियो। यो विहार अवलोकितेश्वरको पूजा-आजा गरिने मुख्य मन्दिर हो जसको कूल छेत्रफल एघार हजार वर्ग मिटरभन्दा बढी छ। फा यु विहारको निर्माण मिँग वंशकालमा गरिएको थियो। ह्वि चि विहार फो तीँग पहाडमा निर्माण गरिएकाले यसलाई फो तीँग विहार पनि भनिन्छ।

धेरै गुफा हुनु पनि फु थो पहाड प्रसिद्ध हुनुका कारणमध्येको एक हो। छाउ यीन नामक गुफा र फान यीन नामक गुफा तीमध्ये सबैभन्दा महत्वपूर्ण दुइवटा गुफा हुन।

त्यस टापूको चारैतिर धेरै राम्रा बगरहरु, समुद्र तटहरु छन। पाइ पु र छ्यान पु नामका दुइवटा बगर तीमध्येका सबैभन्दा लोकप्रिय बगरहरु हुन। छ्यान पु बगरको लम्बाइ तीन माइल छ। त्यहाँको बालुवा मसिनो छ, त्यसैले त्यस बगरलाई पौडी खेल्नका लागि एउटा राम्रो ठाउँ मानिएको छ।

त्यस टापूमा धेरै रुखहरु पनि छन। तीमध्ये कपूरका रुख त्यहाँका सबैभन्दा प्रसिद्ध रुखहरु हुन। त्यस टापूमा एक हजारभन्दा बढी त्यस्ता रुखहरु छन जसमध्ये एउटा रुख एक हजार वर्ष पूरानो छ।


1  2  
जानकारी तथा लेखहरु