फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विशाल चिनियाँ बजार रहेको चीनद्वारा ले अर्थतन्त्रको स्थिर तथा दीर्घकालीन विकासलाई कायम राख्दै जाने

(GMT+08:00) 2020-02-20 13:16:48

कोरोना भाइरसको प्रतिरोधका लागि चीनले गम्भीर कदम चलाएको छ। जनताको आवागमन र भेलालाई घटाउनु नै कोरोना भाइरसको संक्रमणलाई रोक्ने सबैभन्दा राम्रो उपाय हो। वास्तवमा इन्टरनेट अर्थतन्त्र उच्च गतिले विकसित भएको आजको अवस्थामा जनताले घरमै सामान्य काम,सिकाई र उपभोग गर्नसक्छन्। डिजिडल अर्थतन्त्रले चीनको समाजको अपरेशनलाई प्रत्याभूति गर्ने महत्पपूर्ण समर्थन शक्ति दिँदै आएको छ।

हाल चीनका विभिन्न ई-वाणिज्य प्लेटफर्मले आपूर्ति शृङ्खलाको श्रेष्ठताको प्रयोग गर्दै बिक्री सामग्री स्रोतसाधनको संकलन गर्दै यस विशेष अवधिमा बजारमूलक आपूर्तिका लागि सक्रिय भूमिका सिर्जना गर्दछ।

महामारी प्रकोपमा चीनको डिजिडल अर्थतन्त्र लगातार विकसित भैरहेकोबाट चिनियाँ बजारको विशाल संचिति शक्ति प्रतिबिम्बित भएको छ। पर्यटन, किनमेल र मनोरन्जन गतिविधि कम भएता पनि १.४ अर्ब चिनियाँहरु रहेको ठूलो बजारको माग रहेको छ। डिजिटल अर्थतन्त्रको विकासले विशेष अवधिमा चिनियाँहरुको जैविक मागलाई प्रत्यभूति गर्नुका साथै उपभोक्ताका लागि विविध छनौट प्रदान गर्दछ।

डिजिटल अर्थतन्त्रको लगातार विकास चीनद्वारा दीर्घकालीन प्राविधिक श्रेष्ठताबाट लाभान्वित भएको हो। विशेष गरी फाइभ जी, कृत्रिम बुद्धिमत्ता आदि प्रविधिले शक्तिशाली रुपमा आर्थिक शैलीको परिवर्तनलाई प्रवर्द्धन गरेको छ।

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले फेब्रुअरी सात तारिख अमेरकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग टेलिफोन वार्ता गर्नुभएको छ। सीले कोरोना भाइरस महामारीलाई पराजित गर्ने विश्वास र क्षमता रहेको बताउँदै चीनको अर्थतन्त्र दीर्घकालीन सही दिशातर्फ उन्मुख हुने प्रवृत्तिमा परिवर्तन नहुने कुरामा जोड दिनुभएको छ। सोही दिन कोरोना भाइरस संक्रमित महामारीको सामनासम्बन्धी चीनको राज्य परिषदको प्रतिरोध र नियन्त्रण प्रणालीले पत्रकार सम्मेलनको आयोजना गरेको छ। उक्त पत्रकार सम्मेलनमा कोरोना भाइरसको प्रतिरोध र नियन्त्रणको समर्थन दिने सम्बन्धित वित्तिय नीति, स-साना तथा मझौला उद्योग-व्यवसायले रकम जुटाउन अप्ठ्यारो हुने अवस्थाबारे जानकारी दिइएको, चीनको अर्थतन्त्र लामो समयमा राम्रो दिशातर्फ विकास हुने प्रवृत्ति र उच्च गुणस्तरको वृद्धिको आधारभूत अवस्थामा यस पटकको छोटो महामारीका कारण परिवर्तन नहुने कुरा बताइएको छ।

धेरै वर्षहरूयता विश्वको आर्थिक वृद्धिबारे चीनको आर्थिक वृद्धि योगदान दर ३०प्रतिशत बराबर छ। चीन निरन्तर रुपमा विश्वको आर्थिक विकासको "रेल इन्जिन" जस्तै भैरहेको छ। हाल महामारीबाट चीनको अर्थतन्त्रमा असर परेता पनि चीनको आर्थिक विकासको आधारभूत अवस्थामा परिवर्तन हुने छैन। चीनले यस पटकको महामारी लडाइँलाई पराजित गर्नसक्ने र साथै चीनको अर्थतन्त्र लामो समयमा राम्रो दिशातर्फ विकास हुने प्रवृत्तिलाई कायम राख्ने क्षमता रहेको छ। चीनले विश्वको आर्थिक वृद्धिलाई निरन्तर रुपमा जीवन शक्ति थपिदिने छ।

वर्तमान चीन कोरिना संक्रमणको महामारीसँग युद्ध गरिरहेको छ। छोटो समयमा अर्थतन्त्रको विकासमा केही प्रभाव अवस्य पर्नेछ। तर डिजिटल अर्थतन्त्रले ठूलो परिमाणमा प्रकोपबाट आउने नकारात्मक प्रभावलाई हटाउने छ। विशाल चिनियाँ बजार रहेको चीनले उक्त महामारीलाई पराजित गरेर अर्थतन्त्रको स्थिर तथा दीर्घकालीन विकासलाई कायम राख्दै जाने विश्वास रहेको छ।

जानकारी तथा लेखहरु