
मेक्सिकोको खेलकुद क्षेत्रमा एक जना प्रसिद्ध चिनियाँ प्रशिक्षक मा चिन हुनुहुन्छ। सन् २००३ मा मेक्सिकोको सहायताका लागि त्यहाँ पुग्नु भएकी चिनियाँ प्रशिक्षक मा चिन बितेका १७ वर्षदेखि वसन्त चाडको अवधिमा चीन फर्कनु भएको छैन। १७ वर्षको अवधिमा उहाँले मेक्सिकोका लागि प्रशस्त उत्कृष्ट खेलाडीहरुलाई तालिम दिनु भएको छ।
सन् २००३ मा मेक्सिकोलाई सहायता पुर्याउने पहिलो चरणको प्रशिक्षक टोलीकी सदस्यको रुपमा चिनियाँ राष्ट्रिय खेलकुद आयोगले मा चिनलाई मेक्सिको पठाइयो। अहिले मा चिन तथा उहाँको नेतृत्वमा रहेको प्रशिक्षक टोलीले मेक्सिकोको डाइभिङ टोलीका लागि अन्तर्राष्ट्रिय प्रतियोगिताका २१७ वटा पदक जितेका छन्। उहाँले "डाइभिङ राजकुमारी " पाओला एस्पिनोसा लगायत प्रशस्त उत्कृष्ट डाइभिङ खेलाडीहरुलाई प्रशिक्षण दिनु भएको छ। सन् २०१२ मा मेक्सिको सरकारले मा चिनलाई विदेशीका लागि सर्वोच्च सम्मान द आचटेक इगल गौरान्वित तक्मा वितरण गरेको थियो।
बसन्त चाडअघिको एक दिन मा चिन मेक्सिकोको राष्ट्रिय खेलकुद आयोगको क्यान्टिनमा बिहानको खाना खाएपछि नौ बजे उहाँका खेलाडीहरुसँगै सटल बसमार्फत तालिम अखडा जानुभयो। मा चिनको आबासबाट राष्ट्रिय खेलकुद आयोग धेरै नजिक भएतापनि तालिममा व्यस्त भएको बेलामा उहाँले खेलाडीहरुसँग छात्राबासमा बस्नु भएको छ। सोही दिन पाँच जना खेलाडी बिहानको तालिममा भाग लिन गए। सटल बस चढ्ने बित्तिकै मा चिनले १४ वर्षीय एक जना खेलाडीसँग चीनको वसन्त चाडबारे कुराकानी गर्नुभयो।
मा चिन: बसन्त चाडको शुभकामना।
खेलाडी: बसन्त चाडको शुभकामना।
मा चिन: मुसा वर्षको शुभकामना। मुसा वर्ष तपाईंका लागि समृद्ध बनोस्।
खेलाडी: मुसा वर्ष तपाईंका लागि पनि समृद्ध बनोस्।
1 2 3